काठमाडौँ : वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ ।
आज बिहान ७ बजेर १७ मिनेटको साइतमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभ साइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पुर्याएको थियो ।
काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । योसिँ अर्थात् लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ ।