८ आश्विन २०८१, मंगलवार
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बाढीको जोखिम, तीन दिनसम्म सतर्कता अपनाउन आग्रह

  • टाइम्स संवाददाता

  • २९ भाद्र २०७९, बुधबार १०:३७

काठमाण्डौ: काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा अहिले घाम चर्किएको छ । तर, दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार आज वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान रहेको उहाँले बताउनुभयो । यस्तै, आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

यसैबीच, आजदेखि पर्सि शुक्रवारसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भइ बहने नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । यी क्षेत्रमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने तथा तथा केहीमा नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रहरू तथा तराईको डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Nabintech