६ आश्विन २०८१, आईतवार
फुटपाथ व्यापारीको जुलुसले घेर्‍यो महानगरको कार्यालय

साना व्यवसायीहरू  सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै  महानगर कार्यालय परिसरमा पुगेर कार्यालय घेराउ


  • टाइम्स संवाददाता

  • ३० भाद्र २०७९, बिहीबार १२:५१

काठमाडौं : काठमाडौं महानगरपालिकाका  विरुद्धमा  फुटपाथ व्यवसायीले आन्दोलन थालेका छन्।   जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका छन्।

महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले विकल्पबिना नै व्यापार व्यवसायबाट लखेटिएको भन्दै आन्दोलन गरेका हुन्।काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र साह निर्वाचित भएसँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी आन्दोलित भएका हुन्। साना व्यवसायीहरू  सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै  महानगर कार्यालय परिसरमा पुगेर कार्यालय घेराउ गरेका हुन्।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विनासूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ।

Nabintech