६ आश्विन २०८१, आईतवार
अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो, चार जना अझै बेपत्ता

  • टाइम्स संवाददाता

  • १ आश्विन २०७९, शनिबार ११:२४

काठमाडौं : अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् ।  अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार यी वडामा तीन जना पहिराेमा परि बेपत्ता छन् ।  ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले घाइतेहरुकाे उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएकाे जानकारी दिनुभएकाे छ ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले पहिराेमा परि ज्यान गुमाएकाकाे शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको बताउनुभयो।

Nabintech