६ आश्विन २०८१, आईतवार
पानीको बहाव बढेपछि शारदा पुलमा आवतजावत बन्द

  • टाइम्स संवाददाता

  • १ आश्विन २०७९, शनिबार १४:४३

कञ्चनपुर : महाकाली नदीमाथिको शारदा पुलमा आवतजावत बन्द गरिएको छ। महाकाली नदीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको हो।

महाकाली नदीमा पानीको बहाव १ लाख १४ हजार ३ सय क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहीले बताए। उनका अनुसार १ लाखभन्दा बढी क्यूसेक पानी भएमा पुलमा चारपांग्रे सवारी साधनमा रोक लगाइन्छ। पुलमा मोटरसाइकल र पैदल यात्रा गर्न भने दिइएको छ।

Nabintech