६ आश्विन २०८१, आईतवार
कोहलपुर प्रहरीको अर्को सफलता, ठूलो परिमाणको लागुऔषध ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ

पक्राउ पर्नेमा कोहलपुर– १२ चप्परगौडीका ३८ यसोदा कार्की, उनका श्रीमान् रुद्रबहादुर कार्की र सोही ठाउँका २४ वर्षीय मनोज गिरी रहेका छन


  • टाइम्स संवाददाता

  • १ आश्विन २०७९, शनिबार १७:०२

कोहलपुर: कोहलपुरबाट ठूलो परिमाणको लागुऔषध ब्राउनसुगरसहित तीन कारोबारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर खटिएको विशेष प्रहरी टोलिले चप्परगौडीबाट लागुऔषधसहित तीन कारोबारीलाई पक्राउ गरेको हो । २६ ग्राम ४ सय मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित तीन कारोबारीलाई पक्राउ गरिएको कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए । पक्राउ पर्नेमा कोहलपुर– १२ चप्परगौडीका ३८ यसोदा कार्की, उनका श्रीमान् रुद्रबहादुर कार्की र सोही ठाउँका २४ वर्षीय मनोज गिरी रहेका छन् ।

‘लागुऔषध कारोबार हुन्छ भन्ने खबर हामीलाई पहिलेदेखि नै आइरहेको थियो’ डीएसपी मल्लले भने, ‘लामो प्रयासपछि हामीले शनिबार छापा मारेर लागुऔषधसहित उनीलाई पक्राउ गर्न सफल भएका हौं ।’ उनीहरुको साथबाट प्रहरीले २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर, एक थान लागुऔषध तौल गर्न मिल्ने तराजु र ५ लाख ७३ हजार ८१० रुपैयाँ समेत बरामद गरेको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको डीएसपी मल्लले जानकारी दिए ।

Nabintech