६ आश्विन २०८१, आईतवार
हाम्रो कृषि सहकारिले हाम्रो कृषि पसल सन्चालन गर्दै

पसलमा पहाडमा पाइने लोपउन्मुख खाद्यान्न खरिद बिक्रि गर्ने


  • टाइम्स संवाददाता

  • १ आश्विन २०७९, शनिबार १९:५५

कोहलपुर: हाम्रो कृषि सहकारि सस्थाले “हाम्रो कृषि पसल” आर्गनिक खाद्य पसल सन्चालन गर्ने भएको छ । गोलपार्क स्थित आफ्नो कार्यालय परिसरको एक सटरमा हुम्ला जुम्ला मुगु डोल्पा लगाएता जिल्लाबाट चिनो कागुनो अचार खाने भाङ्गो, टिम्मुर, घ्यु, घट्ट्मा पिसेको मकैको पिठो, कोदाको पिठो , बिभिन्न रैथाने जातका चामल हरु मार्सि, जरन फापर, कालो चुक , बेसार आदि मार्टमा पाइने सस्थाले जनाएको छ ।

घटस्थापनाका दिन शुभारम्भ हुने पसलमा सस्थाले करिब 50 लाख लागतमा उपर्युक्त सामान राख्न लागेको हो । पछिल्लो समय बिसादियुक्त तथा हाइब्रेड खाद्यान्नले नागरिकहरुको स्वास्थ्यमा समेत गम्भिर असर गरेको अबस्थालाइ मध्य नजर राखि स्वास्थ्यबर्धक खाद्यान्न राख्न लागिएको सहकारिका कोशाध्यक्ष  संजय मण्डलले बताए ।
खाद्यान्न सङ्गै घुम्ति तरकारि संकलन केन्द्र निर्माण गरि किसानको तरकारि घरैबाट खरिद गरि बजारिकरण गर्ने लक्ष्य समेत रहको मण्डल बताउछन ।
कृषि सहकारि भुमि ब्यबस्था मन्त्रालयको सहयोग लिएर कोहलपुर ११ बिधुत रोड पश्चिम तरकारि हाट बजार समेत गर्न लागिएको बताइएको छ ।

Nabintech