६ आश्विन २०८१, आईतवार
किन चाहियो एमालेकै बहुमत ?

  • टाइम्स संवाददाता

  • २ आश्विन २०७९, आईतवार ०६:०५

मुलुक बनाउन सोच–दृष्टिकोण, सपना, विचार, योजना, एजेन्डा, भिजिनरी नेता, संगठन, जनपरिचालन, कार्यक्रम, लक्ष्य तथा क्षमता आदि आवश्यक पर्दछ । नेपालमा क्रियाशील राजनीतिक दल मध्येमा एमालेसँग मात्र मुलुक बनाउने योजना, सपना र क्षमता रहेको भन्ने कुरा पटक–पटक प्रमाणित भईसकेकोले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेले प्रष्ट बहुमत ल्याउनु आजको आवश्यकता हो । एमाले बाहेकसँग त्यो दृष्टि, क्षमता र कार्यक्रम छँदैछैन ।  अध्यक्ष केपी ओली जस्तो दूरदृष्टि, ज्ञान, दृढता, विश्वास र सोच भएको नेता नेपालमा मात्र होइन विश्वमै भेट्टाउन कठिन हुन्छ । एउटै नेतासँग विश्वब्रम्हमाण्डका यति धेरै ज्ञान विश्वमा कसैमा पनि छैन । यस कारण पनि नेपालमा एमालेको प्रष्ट बहुमत चाहिएको हो ।

राष्ट्रियता र राष्ट्रिय एकता

मुुलुक वा देश संवेदनशील महत्वको विषय हो । देशै नरहे नेपाली रहन्नौं । यसर्थ देशको राष्ट्रियता, राष्ट्रिय एकता, नेपाली भावना, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, आत्मसमान जस्ता कुरामा एमाले मात्र गम्भीर रहेको प्रष्टै भएकोले नेपालको राष्ट्रियताको सार्थक पहरेदारी गर्न, जनताको एकता र नेपाली भावना वृद्धि गर्न तथा नेपालीले विश्वमा आफ्नो शीर ठाडो गरी हिड्नको लागि एमालेनै शक्तिमा आउनु पर्दछ भन्ने प्रष्ट देखियो ।

काँग्रेस जस्ता दल राष्ट्रघाती हुन्, जनविरोधी हुन्, देशद्रोही हुन्, राष्ट्रिय एकता भाँड्ने प्रतिगामी शक्ति हुन् अर्थात सारमा जनविरोधी र विदेशीको कठपुतली हुन् भन्ने कुरा भारतीय नाकाबन्दी, सीमा समस्या, एमसीसी, एसपीपी आदि घटनाले प्रमाणित गराएकोले एमालेको बहुमतले मात्र मुलुक जोगाउन सक्ने कुरा थप प्रष्ट भयो ।

विकास र समृद्धि

मुलुकको विकास, समृद्धि, सहभागिता, सहकार्य, समग्र उन्नत्ति र प्रगति, चौतर्फी जनसहभागिता र विकास गर्ने दृष्टि, सोच, योजना, लक्ष्य, कार्यक्रम र मुलुकको नेतृत्व गर्न सक्ने नेता एमालेमा मात्र देखिन्छ । त्यसमा पनि अध्यक्ष ओली मात्र त्यस्ता नेता हुन् जोसंग मुलुक बनाउने दृष्टिकोण, सोच र योजना रहेकोले निर्वाचनमा बहुमत अत्यावश्यक देखियो ।

सहभागिता र परिचालन

नागरिकको सार्थक सहभागिता र जनपरिचालनले मात्र साँचो अर्थमा मुलुकको समग्र विकास र समृद्धिको यात्रा पूरा हुन सक्छ । एमालेको मात्र ७७ जिल्ला र ७५३ पालिका तथा पुरै वडाहरूमा नागरिक स्तरमा संगठन एवम् संगठित कार्यकर्ता रहेका छन् । जनपरिचालनको सन्दर्भमा एमाले अग्रिणी दल हो । एमालेले मात्र देशव्यापी जनपरिचालन गर्ने तागत राख्ने भएकोले विकास, सहयोग, सहभागिता, समृद्धि, समन्वय आदिको लागि एमालेको बहुमत आवश्यक हुन पुग्यो ।

सामाजिक न्याय

नेपाली समाज विविधता र विविध चरित्र भएको समाज हो । प्रत्येकलाई विकास, समृद्धि र आफ्नो आवश्यकताको छनौटमा सहभागी भई आफ्नो प्रगति गर्नको लागि समान र न्यायिक दृष्टिकोणले आफ्ना अधिकारको प्रयोग गर्न पाउने र कसैले पनि अन्याय भएको महसुस गर्न नपर्ने अवस्था ल्याउन सामाजिक न्याय, विभेदको अन्त्य र समान अवसरको प्रत्याभूतिको अवस्था निर्माण गर्न सामाजिक न्याय आवश्यक हुने भएकोले एमालेले नै सामाजिक न्यायको मुद्दा उठाएकोले बहुमत आवश्यक भएको हो ।

संविधानको कार्यान्वयन

जनताको लामो बलिदान, संघर्ष र त्यागबाट आएको संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधानको सार्थक कार्यान्वयन गरी मुलुकलाई राजनीतिक र संवैधानिक स्थीरता दिन पनि संविधानको अक्षर र भावना अनुसारको कार्यान्वयन गर्नु अनिवार्य हुन्छ । एमाले समेतको संघर्षपूर्ण वलिदानबाट प्राप्त गणतन्त्र र संविधान जोगाउने दायित्व र क्षमता पनि एमालेसंग मात्र रहेकोले संविधानको साँचो अर्थमा कार्यान्वयन गर्न एमालेको बहुमत आवश्यक छ ।

मुलुकको छवि उचो राख्न

सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भई संघद्वारा पहल गरिएका विश्व शान्ति, सुरक्षा, विकास र समृद्धिको यात्रामा सहयोग गरेको नेपाल भूगोल र जनसंख्यामा औसत मुुुलुक हो । सानो मुलुक चाहिं होइन । भारत र चीनको बीचमा भएकोले मात्र सानो देखिएको हो । अध्यक्ष ओली प्रधानमन्त्री हुँदा नेपाल विश्वमा चिनियो, देखियो, अनुभव गरियो । गठबन्धन दलबाट शेरवहादुर देउवा प्रधानमन्त्री भएपछि नेपाल विश्वको भूराजनीतिक र दृष्यबाट एकाएक गायब भयो, हरायो । अर्थात नेपाल पनि विश्व राजनीतिमा छ भन्ने कुरानै लोप भयो ।

नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन, देखाउन र अनुभूति गराउन पनि एमालेको सरकार आवश्यक हुने रहेछ । विश्व राजनीतिमा नेपालको प्रधानमन्त्री संयुक्त राष्ट्रसंघमा पहिलो पटक अर्थपूर्ण ढंगले देखियो, सुनियो र विश्वले चिन्यो । ओली हुंदा नेपालको भूराजनीतिमा अलग्गै स्थान थियो । अहिले बिलायो । यसर्थ विश्व राजनीति, कूटनीति र भूराजनीतिमा नेपाल देखाउन, चिनाउन र देशको शीर उचो राख्न पनि एमालेनै चाहिने रहेछ । त्यसमा पनि ओलीनै आवश्यक छ ।

नागरिकमा उर्जा र उत्साह

जतिबेला एमालेको सरकार हुन्छ त्यतिबेला नेपाली नागरिकमा अलग्गै जर्जा, उत्साह, उमंग, जोश र जांगर देखिन्छ । चाहे त्यो मनमोहन सरकारको आफ्नो गाउँ आफैं बनाउँ होस् वा अध्यक्ष ओलीको मुुलुक बनाउने समृद्धि र विकासका एजेन्डा, कार्यक्रम, योजना, नीति र सोच होस एमाले हुँदा मात्र नागरिकमा व्यापक उर्जा र उत्साह देखिने भएकोले पनि एमालेको बहुमत आवश्यक भएको हो । गठबन्धन भन्ने सत्ता र पदलोलुप, खञ्चुवा समूहबाट मुलुक र देश बन्नै सदैन भन्ने प्रष्ट देखियो । गठबन्धनसंग मुलुक बनाउने सोच, योजना, नीति, विचार, लक्ष्य, कार्यक्रम र दृष्टिकोण नै छैन । अर्कोतर्फ उनीहरूसंग एमाले अध्यक्ष ओली जस्ता भिजीनरी नेता र नेतृत्व छैन ।

गठबन्धनको एजेन्डा के ? 

एमालेको रिसले मात्र गठबन्धन बनाएका खञ्चुवाहरूसँग निर्वाचनमा मत माग्ने कुनैपनि एजेन्डा देखिन्न । जनताले भोट दिने–नदिने कुनै टुङ्गो नभएकाहरू राजधानीको कोठे बैठकमा बसेर जनताको स्वतन्त्र अधिकारको मत आफूखुसी भाग लगाउँदैछन् । मत माग्ने कुनै आधार, एजेन्डा र हैसियत नभएका जनविरोधीहरू राज्यस्रोत फेरि लुट्न पाउने आशमा मुख मिठ्ठ्याउन खोज्दैछन् । गठबन्धनसँग केही पनि एजेन्डा, विचार, दृष्टिकोण र मुुुलुक बनाउने सोच देखिन्न ।

मुलुक बनाउने लक्ष्य, उद्देश्य, योजना र ऐजेन्डाविहीन क्वाँटी गठबन्धन विचारविहीन झुन्ड बाहेक केही थिएन, होइन भन्ने कुरा थप पुष्टि हुँदैछ । सत्ताको लाम्टो बाँडीचुँडी खाने बाहेक उसको कुनै उद्देश्य थिएन, छैन । मंसिर ४ को निर्वाचन नजिक आईरहँदा उनीहरू जसरी पनि सिट सोहोर्ने ध्याउन्नमा लागेका छन् । निर्वाचनलाई लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आधार बनाएर स्वतन्त्र, स्वच्छ, विश्वासिलो र जनताको व्यापक सहभागितापूर्ण चुनाव सम्पन्न गर्नुपर्नेमा खानका काल देख्नका डाल जस्ताहरू चुनावमा भोट माग्ने कुनै नारा र एजेन्डाविहीन भएर नाङ्गै निर्वाचनमा जाँदैछन् ।

एमालेप्रतिको आकर्षण

एमाले विपक्षीमा हुँदा पनि नेपाली नागरिकमा एमालेप्रतिनै उत्साह, विश्वास र आकर्षण देखिन्छ । जिल्ला जिल्लामा एमालेमा प्रवेश गर्नेको लर्को देखिन्छ । एमाले छोडेकाहरू धमाधम एमालेमा फर्किंदैछन् । यसकारण एमालेले बहुमत ल्याउनु पर्ने रहेछ भन्ने कुरा थप प्रमाणित हुँदैछ । एमाले र अध्यक्ष ओलीको विरोध, रिस बाहेक कुनैपनि एजेन्डा, नीति, कार्यक्रम, सोच, विचार र लक्ष्य नभएकाहरूबाट मुलुक बर्बाद हुने बाहेक केही हुन्न भन्ने प्रष्ट भईसकेकोले एमालेको बहुमतको आवश्यकता थप बढेको देखिन्छ । एमाले कमजोर हुँदा मुलुक र नेपाली नागरिकलाई ठूलो धोका हुने इतिहासले प्रष्ट गरेकोले पनि एमालेमा आकर्षण बढेको हो ।

Nabintech