६ आश्विन २०८१, आईतवार
अछाममा पहिरोमा पुरिएर २१ जनाको मृत्यु, २ जना बेपत्ता

तुर्माखाँद गाउँपालिका–५ मा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन


  • टाइम्स संवाददाता

  • २ आश्विन २०७९, आईतवार ०७:५०

काठमाडौं :  अछामको तीनवटा स्थानीय तहको पाँच स्थानमा पहिरोले पुरिँदा २१ जनाको मृत्यु भएको छ, २ जना वेपत्ता भएका छन् । पहिरोले पुरिँदा ३ जना गम्भीर घाइते भएका छन् ।  जिल्लाको तुर्माखाँद गाउँपालिकाको एक ठाउँ र ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिपेश रिजालले जानकारी दिए ।  उनका अनुसार तुर्माखाँद गाउँपालिका–५ मा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । कमल बजार नगरपालिका–६ मा ७ जनाको मृत्यु भएको छ भने वडा नम्बर ८ मा ५ जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ । ढकारीकै वडा नम्बर १ मा एक जना बेपत्ता भएका रिजालले जानकारी दिए ।

पहिरोका कारण धेरै भौतिक क्षति भए पनि संकलन नभइसकेको उनले बताए । पहिरोमा परी घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।

बेपत्ताहरुको खोजी भौतिक संरचनाको क्षतिको विवरण संकलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ । शुक्रबार रातिदेखि परेको ठूलो पानीका कारण शनिबार राति पहिरो गएको थियो ।

Nabintech