८ आश्विन २०८१, मंगलवार
नेप्सेमा २ लघुवित्तको सेयर कारोबार रोक्का

  • टाइम्स संवाददाता

  • २ आश्विन २०७९, आईतवार १३:१६

काठमाडौं: नेप्सेमा थप २ लघुवित्त वित्तिय संस्थाहरुको सेयर कारोबार रोक्का भएको छ । आरएमडीसी लघुवित्त वित्तिय संस्था र साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेडका बिचमा मर्जर सम्झौता भएकाले दुबै कम्पनीको कारोबार नेप्सेमा रोक्का गरिएको हो ।

दुई लघुवित्त कम्पनीहरु मर्जरमा जाने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा भदौ ३१ गते शुक्रबार हस्ताक्षर भएकासँगै दोस्रो बजारमा कारोबार रोक्का का लागि दुबै संस्थाले नेप्सेलाई पत्र लेखेका छन् । यी दुई कम्पनी १००ः८७ को स्वापमा मर्ज हुने प्रारम्भिक समझदारी भएको छ । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। दुबै संस्थाका संस्थापक समूहबाट २र२ जना, सर्वसाधारण समूहबाट १।१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति समेत भएको छ ।

Nabintech