८ आश्विन २०८१, मंगलवार
यूएनएचसिआरका कारण नेपालमा सुरक्षा जोखिम बढ्दै

  • टाइम्स संवाददाता

  • ४ आश्विन २०७९, मंगलवार ११:३४

काठमाडौं – संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर)का कारण नेपालमा सुरक्षा जोखिम बढ्दै गएको छ । युएनएचसिआरले अवैध शरणार्थीलाई प्रोत्साहन गर्दा नेपाल अवैध शरणार्थीको केन्द्र बन्दै गएको छ । ती शरणार्थीकै कारण सुरक्षा जोखिम बढ्दै गएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पछिल्लो समय नेपालमा बंगलादेश र भारतबाट नेपालमा रोहिग्या शरणार्थी बढेका छन् । नेपालमा पछिल्लो एक वर्षमा पाँच सय भन्दा धेरै रोहिग्या शरणार्थी आएको सुरक्षा निकायको आँकलन छ । एक सयको संख्या त रेकर्डमै देखिएको छ ।

हाल तीन सय ७० जनाले युएनएचसिआरबाट सहरी शरणार्थीको रुपमा परिचयपत्र पाइसकेका छन् भने थप एक सय २३ जनाले यसका लागि निवेदन दिएका छन् । संख्या बढेसँगै रोहिग्याहरु काठमाडौंका बाहिरी क्षेत्रमा जग्गा भाडामा लिएर बस्ने तयारीमा छन् । ललितपुरको टिकाथली तथा भक्तपुरको बाहिरी क्षेत्रमा जग्गा खोजिरहेका छन् । मानवीयताका आधारमा नेपालले उनीहरुलाई सहज रुपमा बस्न दिएको छ । त्यसैको फाइदा उठाउँदै मानवतस्करीमा संलग्न समूहले तस्करी गराइरहेको छ । सीमामा सुरक्षा निकाय कमजोर हुँदा यस्तो धन्दा मौलाएको हो ।

Nabintech