७ आश्विन २०८१, सोमबार
बैंकको व्याजदर बृद्धिले कोहलपुरे उद्योगि,व्यवसायी पनि मारमा

बैंकहरुले लगानीयोग्य तरलता कम भएका कारण नगद व्यवस्थापन गर्न असहज


  • टाइम्स संवाददाता

  • ७ आश्विन २०७९, शुक्रबार ०८:३१

कोहलपुर:कोहलपुरमा बैंकर्स र व्यवयासी विच भएको अन्तक्रिया कार्यक्रममा बैंकहरुको व्याजदर बृद्धिले गर्दा उद्योग तथा व्यवयासी मारमा परेको बताएका छन् । नेपालमा हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव भएका कारण सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ब्याजदर बढाएका छन् ।

जसका कारणले बाँके लगायत देशभरीका उद्योगी तथा व्यवसाय अहिले मारमा परिरहेका छन् । नेपालीहरुको महान चार्डपर्व दशै र तिहार नजिकिदै गर्दा बैंकहरुले व्याजदर बढाएपछि उद्योगी तथा व्यवसायहरु झन धरासायी बनेका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बैंकहरुले व्याजदर घटाउनुपर्ने माग राखेका थिए । ‘अहिले व्यवयासी नै धरासायी बन्दै गएकोले बैंकहरुले व्याजदरलाई झन बृद्धिगरेपछि झन समस्या भएका छन’ उनले भने, ‘त्यसको समाधानका लागि विभिन्न क्षेत्रबाट पहल गर्नेछौं ।’ यो अन्तक्रिया कार्यक्रममा उठेका सवालजवाफको प्रतिवेदन तयार गरी केन्द्रसम्म पुग्ने पौडेलको भनाई थियो ।

यस्तै कोहलपुर बैंकर्सका अध्यक्ष तथा एनएम वि बैंकका म्यानेजर नविल कुमार आचार्यले बैंकले गर्दा व्यवसायी मारमा परेको नभएको बताएका छन् । ‘६ प्रतिशतमा व्याजदर हुँदा अन्तक्रिया कार्यक्रम हुँदैनन्, बैंक पनि लगानी गर्न तयार हुन्छन् ।’ उनले भने, ‘तर जब आर्थिक क्षेत्रमा तरलता कम भएपछि अन्तक्रिया कार्यक्रम हुन्छन् ।’

‘अहिले बैंक आफै समस्या परिरहेको समयमा लोन स्वीकृती नहुनु कुनै असुविधा होइन, बैंक पनि व्यवयाय नै हो, उनले भने, ‘व्यवयायहरुले बैंकहरुमा रकम नै जम्मा हुँदैनन्, के त्यो भए सबै रकम हुन्डी हुन्छन् त ?  उनले प्रश्न गरे ।’ तर यसको जिम्मेवार व्यवसाय र बैंक हुनुपर्ने आचार्यले जोड दिएका थिए ।  यस्तै आचार्यका अनुसार बैंकहरुले लगानीयोग्य तरलता कम भएका कारण नगद व्यवस्थापन गर्न असहज भएपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र धितोमा राखेर थोरै समयका लागि अल्पकालीन सापटी लिएको छ ।

‘बजारमा लगानीयोग्य रकमको अभाव हुँदा निक्षेपको ब्याजदर बढ्छ ।’ उनले भने ‘निक्षेपको ब्याजदर बढेसँगै कर्जाको पनि ब्याजदर बढ्छ तर, ब्याजदर बढेका कारण निक्षेप बढ्छ ।’ अब केही महिनासम्म निरन्तर तरलता भएपछि लगानीय गरेको रकम समेत कसरी उठाउने भन्ने चिन्ता हुन थालेको आचार्यले बताएका थिए ।

अन्तक्रिया कार्यक्रममा बोल्दै अटो मोवाईल व्यवसायी ज्ञानेन्द्र खनाल, बागेश्वरी यातायात प्रा।लिका कोहलपुर बाँकेका अध्यक्ष मन प्रसाद आचार्य र हार्डवयर व्यवसायी संघ कोहलपुरका अध्यक्ष कुमार उप्रेतीले बैंकको व्याजदर बृद्धिभएपछि व्यवसायीहरु मारमा परेको बताएका थिए ।

Nabintech