७ आश्विन २०८१, सोमबार
लागू औषध दुरुपयोग नियन्त्रण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • ९ आश्विन २०७९, आईतवार २०:०९

कोहलपुर: बाँकेको कोहपुर नगरपालिकामा लागू औषध दुरुपयोग नियन्त्रण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर बिरेन्द्र शाहको अध्यक्षता मा भएको कार्यक्रममा नगरप्रहरी निरीक्षक बिरबहादुर थापाले लागू औषध सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । थापाले लागू औषधका कारण समाजमा चोरीका घटना हुने गरेको र समाज मा अपराध बढाउने भएको हुदा सबै जनप्रतिनिधिहरु सचेत हुन पनि अवस्यक रहेको बताएका थिए ।यस्तै यस आ बको भाद्र मसान्त सम्ममा बाके जिल्लामा ३८ ओटा लागू औषधका मुद्दा दर्ता भएको मा कोहलपुर बाट मात्र २३ मुद्धा दर्ता भएको तथ्यांक रहेको समेत बताएका थिए । लागू औषध प्रयोगकर्ता मा २५ बर्ष मुनिका ९० प्रतिशत यूवायुवतीहरु रहेको प्रहरिको तथ्यांकले देखाएको छ ।
यस्तै कार्यक्रममा बोल्दै बिभिन्न संघ संस्था र यूवाहरुले बिभिन्न चाडपर्वहरु नजिकिएसंगै लागु औषध प्रयोगकर्ताहरुले चोरीका घटनाहरु बढाएको हुदा स्थानीयहरु आतंकित हुनु पर्ने अबस्था समेत सिर्जना भएको बताएका थिए । यस्ता घटनाहरु नियन्त्रणका लागि प्रहरीको एकल प्रयास मात्र सम्भव नदेखिएको हुदा सबै सरोकारवाला निकायहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।
यस्तै कार्यक्रमा बोल्दै इलाका प्रहरी कार्यालयका प्रमुख ऐनबहादुर मल्लले समाजमा दैनिक जसो चोरीका घटनाहरु बढेसंगै प्रहरीलाई चुनौती भएको र चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिनकालगि प्रहरी दिनरात खटिएको समेत बताउनु भएको थियो । प्रहरीको जिम्मेवारी समाजलाई सुरक्षित र शान्तिमय बनाउने भएकाले आफुहरु समाजलाई सुरक्षित बनाउन दिनरात अहोरात्र खटिएको समेत बताउनु भएको थियो । यस्तै प्रहरीले चाडबाड लक्षित गरि बिभिन्न योजनाहरु पनि ल्याएको हुदा आफुहरु कार्ययोजना निर्माण गरेर काममा लागेको समेत जनाउनु भएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर विरेन्द्र शाहले नगरपालिकाले आफ्नो मातहतबाट समाजलाई सुरक्षित र शान्तीनिर्माण कायम गर्नकाल लागि आफुहरुको सबै पक्षलाई साथ र सहयोग रहने समेत बताएका थिए । यस्तै उनले कोहलपुरलाई लागुऔषध दुव्र्यसनी मुक्त बनाउनका लागि बिभिन्न योजनाहरु पनि ल्याउने जानकारी दिनु भएको थियो ।

कार्यक्रममा इलाका प्रशासन कार्यलयका प्रमुख काशी पङगेनि, इलाका प्रहरी कार्यालयका प्रमुख ऎनबहादुर मल्ल, लागू औषध ब्युरोका प्रहरी निरीक्षक, एक नम्बर वडा देखि १५ नम्बर वडाका अध्यक्ष, बालक्लबका प्रतिनिधि र होटेल ब्याबसायिका प्रतिनीधीहरुको थियो ।

Nabintech