नेपालगञ्ज: कोदो नेपालको चौथो मुख्य बालि हो । पहाडी क्षेत्रको मकै पछिको दोस्रो मुख्य बालि हो।यसलाई गरिबको खाना पनि भनिन्छ । किनकि यसको खेति कम मलिलो तथा सुख्खा जग्गामा पनि गर्न सकिन्छ र पहाडि भागमा कम खर्चमा खेती गर्न सकिन्छ।
कोदोबाट ढिडो, रोटी, सातु, लिटो, खोले, पुवा लगायत अन्य परिकार बनाएर खान सकिन्छ।खाद्य सुरक्षाको दृष्टिकोणले त झन यो ज्यादै महत्वपूर्ण बालि हो।भाते बानिको संस्कृति हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालिहरुको भान्छामा पनि कम महत्व दिने गरेको पाईन्छ।
तर हालका दिनहरुमा यस सम्बन्धि जनचेतना अभिवृद्धि, कोदो भन्दा अरु खाद्यान्न महंगो तथा स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकोले यसको महत्व तथा उपयोगिता दिन प्रति दिन बढ्दै गईरहेको छ।यो मधुमेह बिरमिको लागि पनि उपयुक्त अन्नबालि हो।
पोषणतत्वको कुरा गर्ने हो भने यसमा क्यालसियम, कार्बोहाईड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेशादार बस्तु पाईन्छ। कोदोमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८ गुणा बढि क्यालसियम पाईन्छ।मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो।
यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ।सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ। केटाकेटी बुढाबुढी र सबैका लागि कोदोको रोटि र ढिडो सजिल्लै पच्ने भएकोले यो स्वस्थ्यवर्धक पनि छ।धार्मिक हिसाबले हेर्ने हो भने नेवार, गुरुङ, तामाङ लगायतका जनजातिहरुको पूजाआजा चाडपर्वमा यसको प्रयोग हुन अनिवार्य छ।
कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ।कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ।पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ।नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो।
स्थानिय रुपमा तयार गरिएका शुद्ध जाड तथा रक्सि धेरै नेपाली तथा विदेशीहरुले मिठो मानेर पिउने गर्छन।बजारमा पाईने मदिरा भन्दा सस्तो र स्वादिलो हुने भएकाले पनि होला मानिहरु कोदोको रक्सि भनेपछि हुरुकै हुने गर्दछन्।कतिपयले त साथिभाई ईष्टमित्रलाई कोशेलिको रुपमा लग्ने गरेको पनि पाईन्छ।
आजभोलि त काठमाडौंका तारे होटल देखि राजमार्गका रेष्टुरा तथा रिसोर्ट र हिमाली क्षेत्रका होम स्टेमा दरिलो स्वागतको रुपमा कोदाको विभिन्न परिकार जाँड तथा रक्सिको प्रयोग हुन थालेको छ।यसबाट बियर पनि तयार हुन्छ।कोदोको नल पशुको लागि राम्रो घाँस पनि हो। यो हरियो तथा सुकाएको दुवै रुपमा प्रयोग गर्न सकिन्छ।
कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ।कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ।पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ।नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो।
यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ।नेपालीको खाने चलनमा मुख्य भात नै भएको र यसैमा अत्याधिक निर्भर रहने भएकोले नसर्ने रोगको वृद्भिमा समेत यसले सघाइरहेको छ।
अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ।हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्न सक्छ।बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ।खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुईटा कोदोका रोटी खाए पुग्छ।स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ।
इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च ९आईआईएमआर्०, हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ।महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ र विषाक्तता हटाउँछ।
भारतमा कोदोको पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ।कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, केक, शिशुका लागि खाद्य पदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ ।यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, टयानिन, फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छन्।यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ। मानिसलाई ज्ञात भएसम्म सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्त्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्त्व दिएको छैन ।
इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च ९आईआईएमआर्०, हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ।महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ र विषाक्तता हटाउँछ।
श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ।म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ।
यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ।यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ ।यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ ।कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ। यो फेनोलिक एसिड, टयानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो।
यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ ।कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ ।यसले एलडिएल कोलेस्ट्रोललाई कम गर्नुको साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ। मधुमेह हुनबाट जोगाउन कोदोको उपयोग अत्यन्त फाइदाजनक देखिएको छ।यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र टयानिनले मधुमेहको खतरालाई कम गर्छ। किनभने यिनले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासि वृद्घिलाई मन्द पार्छ।पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ।
यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ।यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ ।यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ ।कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ। यो फेनोलिक एसिड, टयानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो।
हालै गरिएको अध्ययनले रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ।दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ। कोदोमा भएका उपयोगी तत्त्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछन्
कोदो खाँदाका फाइदा
मुटु रोग लाग्न दिँदैन
एन्टिअक्सिडेन्ट गुण हुन्छ
हाड बलियो बनाउँछ
बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ
नराम्रो कोलेस्ट्रोल घटाउँछ
शरीरको विषाक्तता बाहिर निकाल्छ
पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ
रगतको कमी हुन दिँदैन
कब्जियत हुन पाउँदैन
टाइप २ मधुमेहबाट जोगाउँछ
स्तन क्यान्सर हुन दिँदैन
शारीरिक तौल नियन्त्रित राख्छ
रक्तचाप घटाउन प्रभावकारी हुन्छ
मृगौला र कलेजोको रोग लाग्न दिँदैन
रोगप्रतिरोधी क्षमता बढाउँछ
फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ
ऊर्जाको राम्रो स्रोत हो
पित्त थैलीमा पत्थरी हुन दिँदैन
मीठो निद्रामा सघाउँछ
छाला चम्किलो बनाइराख्छ
घाउ छिटो भरिन सघाउँछ
आमाको दूध बढाउँछ
मोटाहरूका लागि उपयोगी हुन्छ
कुपोषण हुन दिँदैन
सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ
किन खाने फापर? के-के पोषणतत्व पाइन्छ?
गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्। कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि हुने खानेले त भैंसीलाई खोले बनाएर खुवाउँथे। गरिबले मात्र विकल्प नहुँदा बाध्यताबस फापरका परिकार खाने गर्थे।
फापर मानव स्वास्थ्यका लागि अति उपयुक्त, लाभदायक, स्वास्थ्यवद्र्धक खाद्यान्न हो। तर महत्व नबुझ्दा फापर लोप हुने अवस्थामा पुगेको छ। पहिला–पहिला हिमाली र पहाडी भेगमा प्रशस्त लगाइने यो बाली अहिले कतैकतै मात्र देख्न सकिन्छ।
फापरका विभिन्न जाति भए तापनि नेपालमा तिते र मिठे गरी दुई जातको खेती धेरै हुने गरेको पाइन्छ। फापरमा २४ भन्दा ग्यादा पौस्टिक तत्व पाइने हुँदा यसको लोकप्रियता बढ्दै गएको छ र हाल आएर धेरैले यसको महत्व बुझ्न थालेका छन्।
फापर खाने प्रचलन एसियाबाट सुरु भए तापनि विस्तारै खाडी देश हुँदै युरोप पुगेको इतिहास छ। नेपाली लोक खानामा फापरका कयौं परिकार बन्ने भए पनि अहिलेका युवायुवती भने यसबारे जानकार छैनन्। चाडपर्वमा मात्र नभई जुनसुकै बेला पनि खाजा वा खानाका रुपमा खान मिल्ने फापर हेपिएको अन्नको रुपमा लिने गरिन्छ। मकै, कोदो, धानलगायत अन्य बाली जस्तो गोडमेल गर्नु नपर्ने, खनजोत गरेर छर्नु मात्रै पर्ने फापर अहिले जानकारका लागि औषधि सावित भएको छ।
ग्रामीण समुदायका मानिसलाई सहरिया परिवेशले आकर्षण गरेको हुनाले मौलिक बालीहरु लोप हुँदै गएको छ। फापरमा पाइने तत्वहरुको उपयोगिताको बारेमा धेरै अनुसन्धानपत्रहरु प्रकाशित छन्। फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन। त्यसैले फापरको सेवन ग्लुटेन इन्टोलेरेन्स अर्थात् ‘सेलियाक डिजिज’ हुनेहरुका लागि लाभदायक मानिन्छ। यो ग्लुटेनमुक्त खानेकुरा हो। फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो।
फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन्। यसका अलावा ‘रुटिन’ भनिने लाभदायक एन्टिअक्सिडेन्ट पोलिफेनोल फापरमा प्रशस्त पाइन्छ। तर रुटिनको मात्रा फापरको नुडलमा पिठोमा भन्दा कम हुने विज्ञहरुको भनाइ छ।
फापरमा प्रशस्त मात्रामा रेशादार तत्व, भिटामिन बी१, बी२ र बी६, प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ। मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो, जसमा करिब १०–१२.५ प्रतिशत प्रोटिन पाइन्छ। फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरु प्राप्त हुन्छ। जनावरको मासु खाँदा कोलेस्टेरोल अनि अन्य अस्वस्थ्यकर चिल्लो पदार्थहरु पनि खान सकिने भएकाले हृदयसम्बन्धी रोगहरुको जोखिम बढ्न सक्छ।
फापर मधुमेह नियन्त्रणका लागि लाभदायक खानेकुरा हो। शरीरमा ग्लुकोज तह लगाउने मात्र होइन, फापरको सेवन रगतको कोलेस्टेरोल घटाउन पनि सहयोगी हुने एक वैज्ञानिक तथ्यले बताउँछ। जापानी अनुसन्धानकर्ताहरुले मुसामा गरेको अध्ययनअनुसार प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ। साथै यसको सेवनबाट मोटोपन पनि कम हुनसक्ने उनीहरुको राय छ। फापरमा पाइने फाइबर ग्लुकोज मेटाबोलिजममा प्रभावकारी हुन सक्छ।
भनिन्छ, स्वस्थ्यकर जीवन जिउन वयस्क मानिसले २५–३८ ग्राम फाइबर सेवन दिनहुँ गर्नुपर्छ। एक रिपोर्टअनुसार एक कप फापरमा ४.५ ग्राम फाइबर पाइन्छ। यसरी फापरको सेवनबाट शरीरले प्रशस्त फाइबर प्राप्त गर्न सक्छ। फापरको सेवनबाट उमेरसँग हुने मानसिक चेतनाको कमी (कग्नेटिभ लस) लाई रोक्न सक्ने वैज्ञानिकहरुको अनुमान छ। यसरी मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुन सक्छ।
फापरको पिठोबाट बनेको नुडल, कुकिज वा मफिन खान सकिन्छ। जापान जस्तो औद्योगिक मुलुकमा सोवाको उत्पादन गरेर विदेशमा समेत निर्यात गरेको देखिन्छ भने हामीले पनि प्रशस्त फापर उत्पादन गरी नेपाललाई विश्वको प्रमुख फापर उत्पादक मुलुकको रुपमा चिनाउन सकिन्छ। फाइबर र एन्टिअक्सिडेन्टले भरपुर फापर जस्ता खानेकुराहरुको लोकप्रियता फंग्सनल फुडको रुपमा पश्चिमी मुलुकहरुमा बढेकाले नेपालको फापरले अन्तर्राष्ट्रिय बजारमा नाम र दाम कमाउन सक्छ।
किन खाने फापर?
फापर मिनेरल, भिटामिनको राम्रो स्रोत मानिन्छ। त्यति मात्र होइन, यसमा कार्बोहाइडेड, फाइबर, प्रोटिन, सुगर, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ। १०० ग्राम फापरमा ३४३ क्यालोरी हुन्छ भने १० प्रतिशत पानी रहेको पाइन्छ। फापर ग्लुटिनरहित हुने हुँदा यो खाना धेरैका लागि औषधि सावित भएको छ। फापर उच्च रक्तचाप हुनेका लागि पनि अत्यन्त राम्रो खाना मानिएको छ। मुटुसम्बन्धी समस्या हुनेले पनि नियमित फापर खाँदा फाइदा पुर्याउँछ। नियमित फापर सेवन गर्नेलाई अन्यलाई भन्दा क्यान्सर लाग्ने जोखिम कम हुन्छ। डाइबिटिजको रोगीलाई सन्तुलन राख्न मद्दत गर्छ र खाना पचाउने काममा पनि सहयोगी सावित हुन्छ।
फापरको प्रयोगले ग्यालस्टोन हुनबाट पनि धेरै हदसम्म सहयोगी साबित हुन्छ। हड्डीसम्बन्धी समस्या आउन नदिन पनि नियमित फापरका परिकार सेवन गर्दा उत्तम मानिन्छ। आइरनको कमीले हुने अनेमियालाई पनि फापरको नियमित प्रयोग रोकथाम पुर्याउँछ। फापरमा भिटामिन ई र म्याग्नेसियम प्रशस्त पाइने हुँदा बच्चामा आस्थामा हुनबाट धेरै हदसम्म बचाउँछ।
फापरबाट केके बनाउन सकिन्छ?
फापर गरिबको खाना भए तापनि धनीका लागि साँचिक्कै औषधि साबित भएको छ। फापरबाट हाम्रो देशमा कयौं लोक खानाहरु बनाउन सकिन्छ भने विदेशमा पनि यसका परिकार कयौं छन्। फापरको कलिलो साग उसिनेर भटमासको छोप हालेर सादेर खाँदा पनि अति नै स्वादिष्ट हुन्छ। साग पकाएर खाँदा पनि तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ। फापरको पिठोबाट ढिँडो बनाई खाँदा पनि स्वादिष्ट हुन्छ। फापरको पिठोको सेल–रोटी, बाबर, फुरौला पनि बनाउन सकिन्छ।
तिते फापरको परिकार बनाएर खाँदा हल्का तितो हुने भएकोले केटाकेटीहरुले मन नपराउने र फापरको परिकारहरुमा नव युवाहरुको ध्यान नजानाले लोप हुन थालेको छ। तर मिठे फापरभन्दा तिते फापर स्वास्थ्यवद्र्धक मानिन्छ। टिते फापरको पिठो र कोदोको पिठो मिसाएर ढिँडो बनाएमा अत्यन्त नरम हुन्छ। चाडपर्वमा मात्र नभई जुनसुकै बेलामा पनि खाजा वा खाना खान मिल्ने फापरलाई हेपिएको बालीको रुपमा लिएको पाइन्छ। मकै, कोदो, धान लगायत अन्य बालीलाई जस्तो गोडमेल गर्नु नपर्ने खनजोत गरेर छरे पुग्ने फापर अहिले छर्न छोडिएको छ तर यसको मह्त्व र माग सहरी क्षेत्रमा दिनानुदिन बढ्दो छ।
मुलुकका सहरी क्षेत्रमा होस या विदेशमा फापरका धेरै आधुनिक खाना बन्न थालेका छन्। फापरबाट चाउचाउ, प्यान केक, बिलिनी, जापानिज सोवा नुडल्स, डोसा, पकौडा, सलाद, सुप, बकव्हिट ब्राउनी, ग्लुटिन फ्री स्विट्स, कुकिज, मफिन, पिज्जा आदि परिकार बन्छन्। धनीहरुले औषधि मानेर खाने हुनाले अहिले ५ तारे होटलको मेनुमा पनि फापरका थुप्रै परिकार समावेश गरिएको पाइन्छ।
मकैको प्रयोगबाट हुने फाइदाहरु
धेरैजसो खाद्यान्न बालीहरुमध्येमा मकै बाली पनि एउटा पोषिलो बाली हो । यसको खेती पहाडी क्षेत्रमा लगभग ८० प्रतिशत भूभागमा गर्ने गरिन्छ । त्यस क्षेत्रका ५५ प्रतिशत मानिसहरुले मकै नै प्रयोग गर्ने गर्दछन् तर तराई क्षेत्रमा भने यसको कमै प्रयोग हुने गर्दछ । मकै एउटा धेरै नै बहुपौष्टिक बाली भएको हुदा त्यसमा प्रोटिनको मात्रा बढी रहेको हुन्छ । यसलाई विशेषगरी पोलेर, भुटेर, पिसेर रोटी वा भातको रुपमा खाने गरिन्छ । रासायनिक विश्लेषणबाट पत्ता लागेअनुसार सय ग्राम कॉचो या भुटेको मकैको दानामा २४.६ ग्राम जति कार्वोहाइड्रेट, ४.७ ग्राम प्रोटिन, १.१ ग्राम आइरन, १.९ ग्राम रेशा, ०.९ चिल्लो पदार्थ, ३२ मिलिग्राम क्यारोटिन, ९ मिलिग्राम क्याल्सियम तथा केही मात्रामा भिटामिन ‘ए’ ‘वि’ र ‘ई’ प्राप्त हुने गर्दछ । यदि हामीहरुले दैनिकरुपमा मकैको सेवन गर्ने हो भने यस ग्रामबाट लगभग तीय सय ४२ क्यालोरी प्राप्त हुन्छ । मकैमा यति मात्रै गुणहरु छैनन् त्यसका अनेकौ गुणहरु छन् । जसको प्रयोगबाट विभिन्न किसिमका रोगहरुको निराकरण गर्न सकिन्छ । आजकाल जताततै हरिया मकै पोलेको खाने मानिसहरुको भीड देखापरेको हुन्छ तर हामीहरुमध्ये धेरैजसोको लागि मकैबाट हुने फाइदाको बारेमा जानकारी नहुन पनि सक्छ । त्यसैले त्यसको प्रयोगबाट हुने फाइदाको बारेमा केही जानकारी गराउने प्रयास गरेको छु, यदि निम्न कुराहरुलाई ध्यानमा राखी प्रयोग गर्ने हो भने धेरै नै फाइदा लिन सकिन्छ ।
मकैका औषधीय गुणहरु :
अरु अन्नबालीको तुलनामा मकैमा स्टार्च र चिल्लो पदार्थ धेरै कम मात्रामा पाइने भएको हु‘दा यसलाई सजिलैसग पचाउन सकिन्छ । त्यसै कारणले गर्दा कब्जियत हुने व्यक्तिहरुले दैनिकरुपमा भुटेको मकै वा पोलेको मकै केही दिनसम्म लगातार खाने गरे यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ तर पखाला लागेका बेलामा भने मकैको प्रयोग गर्नुहुदैन । त्यसैगरी मकैमा चिल्लो अथवा कोलेष्ट्रोलको मात्रा पनि कम हुने भएकाले हृदयरोगीको लागि पनि मकैको सेवन धेरै नै फाइदाजनक नै देखिन्छ ।
यसैगरी मकैमा पोटासियम र फस्फोरस जस्ता तत्वहरु पनि पाइने भएको हुदा पिसाबसम्बन्धी रोगीहरुका लागि पनि धेरै राम्रो मानिएको छ । अझै भन्नुपर्दा ग्याष्ट्रिक तथा अल्सरसम्बन्धी रोगीहरुको लागि पनि मकै धेरै लाभकारी मानिन्छ । यसको साथै मकैको पिठोलाई पानीमा फिटेर अनुहारमा लगाउने गरेमा चायॉ पोतो हराउदै जान्छ र अनुहार पनि चम्किलो बनाउछ । यसैगरी मकैको पिठोको रोटी बनाएर दैनिक खाने गर्ने हो भने रगत सफा गर्ने काम गर्दछ । त्यही पिठोलाई हात, गोडाहरुमा दल्ने गरे छाला नरम हुनुका साथै गोडा गन्हाउने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
यी त भए मकैको दानाका औषधीय गुणहरु । अब एकैछिन त्यसका पातबाट हुने औषधीय गुणको बारेमा पनि जानकारी लिइहालौं । यदि कसैको जिउ चिलाएको छ अथवा खस्रो भएको देखिएको छ भने मकैको पातलाई चन्दन जस्तै मसिनो गरी पिस्ने र त्यसलाई शरीरभरि लगाउने गर्ने हो भने चिलाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यसैगरी पातलाई पिसेको मलमलाई, निधारमा लगाउने गर्ने हो भने पनि कपाल दुखेको ठीक हुदै जान्छ । यस्ता किसिमका धेरै नै उपयोगी चिजहरु यसबाट प्राप्त गर्न सक्छौं यदि यसको प्रयोग सहीतरिकाबाट गर्ने हो भने मात्र । मकैलाई दैनिकरुपमा थोरथार प्रयोग गर्ने हो भने धेरैजसो रोग कम गर्न सक्छौ ।
यदि दैनिक प्रयोग गर्नुपर्दा प्रतिदिन बयष्क मानिसको लागि पॉच सय ४७ ग्राम मकैको आवश्यकता पर्दछ । यही अनुपातमा प्रयोग गरे धेरै समस्याहरुबाट छुटकारा पाउन सक्छौ। एउटा कुरा यहॉहरुलाई जानकारी गराई हालौं, आजकाल हामीहरुले खाने मकै भन्दा भिन्दै खालको बढी पौष्टिक तत्वले भरिपूर्ण भएको मकै कृषकसामु पुगिसकेको छ, त्यो मकैलाई पोषिलो मकै भन्ने गरिन्छ । यो मकैमा अरु मकैको तुलनामा बढी प्रोटिन प्राप्त हुने र धेरै पोषिलो हुने भएको हुदा त्यसको नाम पोषिलो रहन गएको हो ।
यो मकै लगाउदा अरु मकैको नजिक लगाउनुहुदैन, सगै लगाउदा त्यसको पोषिलोपना ह्रास हुदै जान्छ । मकैका धेरै नै गुणहरु छन् । तर केही अवगुण पनि नभएको होइन । पोलेको, भुटेको मकै खाएपछि १५/२० मिनेटसम्म पानी पिउनु स्वास्थ्यको लागि नराम्रो मानिन्छ । हितकर हुदैन । त्यसैले लगभग २० मिनेट पछि मात्रै पानी पिउनु उपयुक्त हुन्छ । यदि यी कुरालाई बढी ध्यान पुर्याई प्रयोग गर्ने हो भने मकैबाट लाभैलाभ छ ।
भिडियोको लागि यो लिंकमा क्लिक गर्नुहोस