८ मंसिर २०८१, शनिबार
पोर्चुगललाई पराजित गर्दै स्पेन नेसन्स लिगको फाइनलमा

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७९, बुधबार ०८:३१

एजेन्सी: स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा पोर्चुगललाई १–० गोल अन्तरले हराएर स्पेन फाइनलमा प्रवेश गरेको हो।

स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले ८८ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक भयो। अधिकांश समय गोलरहित बराबरी भएको खेलमा स्पेनले अन्तिम समयमा नाटकीय गोल गर्दै पोर्चुगललाई स्तब्ध पार्‍यो।

जितसँगै लिग ए समूह २ को खेलमा स्पेन ६ खेलमा ११ अंक सहित शीर्ष स्थानमा छ। पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ। यसै समूहको अर्को खेलमा स्वीट्जरल्याण्डले चेक रिपब्लिकलाई २१ ले हरायो। हारसँगै चेक रिपब्लिक रेलिगेसनमा परेको छ।

Nabintech