९ आश्विन २०८१, बुधबार

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७९, बुधबार १५:४४

काठमाण्डाै: विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ ।  आज बुधवार काठमाण्डाैमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए ।

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो ।

यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो । मिश्र काठमाण्डाै क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धाकाे तयारीमा हुनुहुन्छ ।

Nabintech