७ आश्विन २०८१, सोमबार
दशैंमा घर जाने हतारो (तस्वीरसहित)

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १०:२३

काठमाडौं –  दशैं अर्थात पारिवारिक मिलनको पर्व , घरबाट टाढा भएकाहरू पुर्ख्यौली घर अर्थात जन्मघर फर्कने पुरानै परम्परा छ ।  विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किने गर्छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतारो हुन्छ ।  विद्यार्थी र जागिरहरूले छुट्टी पाइसकेका छन् । दशैंको टीकाको दिन नजिकिंदै गर्दा काठमाडौंबाट गाउँघर फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ ।  काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरुको बिहानदेखि साँझसम्म ठूलो भीड लागेको छ ।

Nabintech