७ आश्विन २०८१, सोमबार
दाङको ग्वार खोलाको बाँधमा डुबेर एक बालकको ज्यान गयाे

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७९, आईतवार २०:१८

दाङ: दाङको ग्वार खोलाको बाँधमा डुबेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ६ गाइडरका १४ वर्षीय अभिषेक भुसालको पौडी खेल्ने क्रममा ग्वार खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

आज आइतवार दिउँसो साढे ३ बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अभिषेक डुबेका थिए । उनी डुबेकाे जानकारी पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीकाे सहयाेगमा खाेजी गर्दा तीन घण्टापछि हिलाेमा गाडिएकाे अवस्थामा मृत भेटिएकाे तुलसीपुर ६ वडाध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभयो ।  पाैडी खेल्न उनीसँगै तीन जना गएका प्रहरीले जनाएकाे छ ।

Nabintech