७ आश्विन २०८१, सोमबार
भद्रकालीमा सवारी पूजा गर्नेको भीड

भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैं साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गरिएको हो


  • टाइम्स संवाददाता

  • १८ आश्विन २०७९, मंगलवार ११:४६

काठमाडौं : काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बडा दशैँ अन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरू र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरू पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ।

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैं साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गरिएको हो। आजको दिन विशेषतः अटो शोरुमहरूले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरूको विशेष पूजाअर्चना गर्छन्। विधिवत रुपमा गरिने यो पूजालाई विशेष महत्वका रुपमा लिइन्छ। नवरात्रको महाअष्टमी÷नवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता  विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ।

Nabintech