७ आश्विन २०८१, सोमबार
चाडपर्व लक्षित सुरक्षा योजना सफल हुदै, आठ दिनको समयमा ३ सय १४ जना इलाका प्रहरी कार्यालयको नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • १८ आश्विन २०७९, मंगलवार ११:५१

चाडपर्व लक्षित सुरक्षा योजना सफल हुदै, आठ दिनको समयमा ३ सय १४ जना इलाका प्रहरी कार्यालयको नियन्त्रणमा

कोहलपुर: चाडपर्वको समयमा समाजमा हुने बिभिन्न चोरी का घटनाहरु नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयले दशै तिहारलाई लक्ष्ति गरि केहि रणनिति बनाइएको थियो । प्रहरी बनाएको उत्त, रणनिति पछिल्लो समय प्रभाबकारी भएको छ । चाडपर्व लक्षित उक्त योजना सफल भएको इलाका प्रहरी कार्याल कोहलपुर का प्रहरी नायब उपरिक्षक ऐनबहादुर मल्लले बताउनु भएको छ ।

कोहलपुरमा पछिल्लो समय समाजमा हरेक दिन जसो ५ / ६ ठाउमा चोरीका घटनाहरु भएपछि प्रहरी कोहलपुरलाई सुरक्षित बनाउनका लागि राति १० बजेपछि सडकमा बिनाकाम हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिनेकाम को शुरुवात गरेको थियो । उक्त योजना असोज १० गते देखि लागु गरिएको मल्लले जानकारी दिनुभयो । अभियान सञ्चालन भएको अबधिभर कोहलपुरमा चोरीका घटनाहरु पूर्णरुपमा नियन्त्रणमा आएको समेत मल्लले बताउनु भयो । असोज १० गते देखि १८ गते सम्म कोहलपुरका हरेक क्षेत्रबाट करिब ३ सय १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । रातिको समयमा मद्यपान गरि सडकका होहल्ला गर्ने, बिनाकाम रातिमा हिडडुल गर्ने र संकास्पद ठाँउहरुमा बस्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिने कामको थालनि गरिएको थियो ।

असोज १० गते रातिमा २७ जना, ११ गते ४४ जना, १२ गते ४४ जना, १३ गते ६४ जना, १४ गते ३२ जना, १५ गते २८ जना, १६ गते ४० जना, १७ गते २१ जना र १८ गते १४ जना पक्राउ गरिएको थियो । पक्राय परेका ब्यक्तिहरुलाई बिहान उनीहरुको अभिभाबकको जिम्मामा छाडिएको थियो भने संकास्पद लागेका ब्यक्तिहरुलाई थप अनुसन्धान गरि छाड्ने गरेको डिएसपि ऐन मल्लले जानकारी दिनु भयो । यस बिचमा इलाका प्रहरी कार्यालयले २ जना चोरीमा संलग्न भएका ब्यक्ति र ४ जनालाई लागु औषध सहित पक्राउ गरेको थियो ।

चाडपर्वमा हुन सक्ने चोरीलाई नियन्त्रणका लागि यो सुरक्षा रणनिति पूर्णरुपमा सफल भएको हो । अब यो अभियान निरन्तर हुने छ मल्लले भने । यस्तो समयमा स्थानीयहरुले प्रहरीको मात्र अपेक्षा नगरी सबैले सबै ठाउँबाट हातेमालो गर्न समेत आग्रह गरेका हुन । यस्तै चाडपर्वका समयमा हुनसक्ने जुवा, लागुऔषध कारोबारीको सक्रियतालाई नियन्त्रण गर्न प्रहरी निरन्तर रुपमा लागिरहेको समेत मल्लले जानकारी दिए ।

Nabintech