७ आश्विन २०८१, सोमबार
गुल्मीमा टीका थाप्न माइत जाँदा खोलाले बगाएर महिलाको मृत्यु

  • टाइम्स संवाददाता

  • २० आश्विन २०७९, बिहीबार ०५:४६

गुल्मी : गुल्मीमा टीका थाप्न माइत हिँडेकी ४१ वर्षीया महिलालाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ की ४१ वर्षीय लक्ष्मी कुँवर सोही पालिकाको वडा नम्बर २ को पिपलधारामा टीका थाप्न माइत जाने क्रममा अरौंदी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शवको स्थलगत मुचुल्का तयार गरी तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।

निरन्तर पानी परेकाले बीच बीचमा सडक अवरुद्ध भएको बताउँदै यादवले शव आज तम्घास ल्याउन नसके बिहीबार बिहानै तम्घासमा ल्याई पोष्टमार्टम गरिने र आफन्तको जिम्मा लगाइने जानकारी दिए।

 

Nabintech