९ मंसिर २०८१, आईतवार
अस्वस्थ भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालमा

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७९, शनिबार १२:०२

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन । आज बिहान एक्कासी अस्वस्थ भए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन्।

स्वास्थ्य परिक्षणको लागि उनी शिक्षण अस्पताल पुगेको  उनका स्वकिय सचिव भेषराज अधिकारीले बताए। ‘रुघा खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारी स्वास्थ्य अवस्था जाँच गर्न अस्पताल पुग्नुभएको हो, भाइरल हुनसक्छ । रिपोर्ट आउन बाँकी छ’, अधिकारीले भने।

अहिले राष्ट्रपछि भण्डारी रिपोर्टको पर्खाइमा रहेको समेत उनले बताए।  यता अस्पताल स्रोतका अनुसार हाल उनलाई  शिक्षण अस्पतालको एनएक्स २ वाडकाे  ६०१ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरिएकाे छ।

Nabintech