७ आश्विन २०८१, सोमबार
भक्तपुरमा ११ वर्षीय बालिकामाथि बलात्कार

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०७९, मंगलवार १५:१०

भक्तपुर :  ११ वर्षकी बालिका जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनारलाई पक्राउ गरेको छ।

सुनारले सोमबार राति सूर्यविनायक नगरपालिका-२ मा बालिकाको डेरामा पुगी जबर्जस्ती करणी गरेका थिए। नुवाकोट नै घर भएकी बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरामा बस्दै आएकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।सुनारलाई प्रहरी वृत्त थिमीमा राखी अनुसन्धान सुरु गरिएको छ।

Nabintech