७ आश्विन २०८१, सोमबार
चुनावको मुखमा काजः इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवा

  • टाइम्स संवाददाता

  • २६ आश्विन २०७९, बुधबार १९:४३

काठमाडौं –  चुनावको मुखमा प्रहरी काज बिकृती रोकिएको छैन । नेताहरुको दबाबमा तल्लो तहदेखि माथिल्लो तहका प्रहरीको काज सरुवा भइरहेको छ ।  प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय खानीखोला धादिङमा इन्सपेक्टर डबल बहादुर बमलाई खटाएको छ । त्यहाँ कार्यरत इन्सपेक्टर अपूर्व ढुंगाना बलात्कार प्रयासको आरोपमा थुनामा परेपछि नयाँ इन्सपेक्टर पठाइएको हो ।

त्यस्तै, एसएसपीकै पनि काज सरुवा गरिएको छ । बुटवल तालिम केन्द्रमा कार्यरत एसएसपी सुरेन्द्र मैनालीको प्रधान कार्यालयमा सरुवा भएको छ भने त्यहाँ एसएसपी बिनोद घिमिरेलाई पठाइएको हो । घिमिरे हालै मात्र बढुवा भएका थिए ।
त्यस्तै, इन्सपेक्टर र डिएसपीहरुको ठूलो संख्यामा काज भएको स्रोत बताउँछ । नेताहरुले आफ्नो चुनावी क्षेत्रमा आफु निकट प्रहरी लैजान यसरी प्रहरी महानिरीक्षकलाई दबाब दिई काज सरुवा गराइरहेका छन् । नेताको दबाबमा प्रहरी नेतृत्व लाचार बनेको छ । जसकारण चुनावी सुरक्षा निष्पक्ष हुनेमा प्रश्न उठ्न थालेको छ ।

Nabintech