७ आश्विन २०८१, सोमबार
नवौं राष्ट्रिय खेलकुद : महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान

  • टाइम्स संवाददाता

  • २९ आश्विन २०७९, शनिबार १०:०५

पोखरा – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन् । निशाले हिटमै कीर्तिमान बनाएकी हुन् ।

उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन् ।  यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाएकी थिइन् ।

एथ्लेटिक्समा आज कूल ७ स्वर्णको छिनोफानो हुनेछ ।

Nabintech