८ मंसिर २०८१, शनिबार
सुर्खेतमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०७९, शुक्रबार १८:२४

सुर्खेत: सुर्खेतमा देउसी भैलोका लागि निश्चित मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै देउसी भैलो सञ्चालन गर्न अनुरोध गरेको हो ।

प्रशासनले तिहारको समयमा कानुन विपरीतका अवाञ्छित गतिविधि नहुने गरी मात्रै देउसी भैलो, नाचगान गर्न आग्रह समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यो समयमा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न समेत आग्रह गरे । रिजालले सूचनाको अवज्ञा गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरे ।
Nabintech