८ आश्विन २०८१, मंगलवार
काठमाण्डौका विभिन्न ठाउँबाट जुवा खेल्ने ६२ जना पक्राउ

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०७९, सोमबार १०:२५

काठमाण्डौ: नेपाल प्रहरीले काठमाण्डौका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाण्डौका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० नगदसहित ६२ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ ।

Nabintech