८ आश्विन २०८१, मंगलवार
तिहार र छठ पर्वको शुभकामना सङ्गै टोल टोलमा उम्मेदवार घरघरमा एमाले

शुभकामना कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार बसन्ती अधिकारी , निर्मला सुनार लगायतको बाक्लो उपस्थिति रहेको थियो


  • सरला सुबेदी

  • ७ कार्तिक २०७९, सोमबार ११:१३

कोहलपुर,बाँके: प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन आउन २७ दिन मात्र बाँकि रहदै गर्दा नेकपा एमालेका उम्मेदवार जनताको समस्या बुझ्न र आफ्ना भावी योजना लिएर टोलटोलमा पुगेका छन् । नेकपा एमाले को समृद्द नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्ने लक्ष्यको साथ आफू प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार भएको सुर्य ढकालले बताए ।
उनले नेकपा एमालेले ल्याएका नीति तथा कार्यक्रमलाई निरन्तरता दिने र एक घर एक व्यक्ती सरकारी रोजगारको नारालाई आफु निर्वाचित भएर गएपछि पूरा गर्न दिनरात खटिने बताए। उनले वडा नम्बर ९ का विभिन्न टोलहरुमा राखिएको तिहार तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा तिहार र छठपर्वको शुभकामना दिदै आफ्ना योजना जनतासामु सुनाएका हुन् ।
समृद्दीको लागि स्थानीय जनतासङ्ग बहस गर्न जरुरी भन्दै समृद्ध गाउँ र बिकसित शहरको योजना लिएर प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरी मतदाता माझ पुगेका छन् । उनले आफुले चुनाव जित्नकै लागि जनता माझ झुटो आश्वासन नबाड्ने बताएका छन् । कोहलपुर ९ मा राखिएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले त्यस वडाको जनताको समस्या सुन्दै आफ्ना चुनावी योजना स्थानिय माझ र राख्दै नजिकै आइरहेको तिहार अनि छठ पर्वको शुभकामना समेत व्यक्त गरेका छन् । शुभकामना कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार बसन्ती अधिकारी , निर्मला सुनार लगायतको बाक्लो उपस्थिति रहेको थियो।
Nabintech