काठमाडौँ: बाँके क्षेत्र नं १ ले जिल्लाकै ठूलो क्षेत्र समेटेको छ । यसमा कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिका पर्छन् । सुगम ठाउँको दुर्गम क्षेत्र भनेर राप्तीपारिका गाउँहरुलाई चिनिन्छ । अझै पनि यस्ता गाउँहरु छन्, जहाँ शिक्षा, स्वास्थ्य र पूर्वाधारका हिसाबमा निकै पछि छन् । यही ठाउँले हरेक वर्ष बाढीको पीडा झेल्ने गर्छ । हरेक वर्ष यहाँका नागरिकहरू राप्ती नदीबाट सताइन्छन् ।

यस्तै विभिन्न किसिमका समस्याहरुको समाधानसहित चुनावमा होमिएका छन्, यसमा बाँके क्षेत्र नं. १ का एमाले उम्मेदवार सूर्य ढकाल । उनले आफ्नो प्राथमिकतामा राप्ती नदी र खहरे खोलाले गर्ने कटान, डुबान नियन्त्रणलाई समेटेका छन् । ‘राप्ती नदीले हरेक वर्ष दुःख दिने गरेको छ,’ उनले भने, ‘यसको स्थायी समाधान नै अहिलेको आवश्यकता हो ।’ यसअघि पनि यस क्षेत्रका विषयमा केन्द्र र प्रदेश सरकारसँग पहल गरिरहेको बताउँदै आफूले नेतृत्व गर्न पाएको खण्डमा यी समस्या पनि समाधान गर्ने उनले दाबी गरे ।
‘आजसम्म जनताकै सेवामा लागेको छु, भोलि पनि लाग्नेछु,’ ढकाल भन्छन्, ‘त्यसैले कोहलपुर, नरैनापुर र राप्तीसोनारीलाई कसरी समृद्ध बनाउने भनेर छुट्टाछुट्टै योजनाका साथ जनतामाझ पुगेको छु, पुग्दैछु ।’
‘अन्याय भएको देख्नै सक्दिनँ’
जनताको सुखदुःखमा कहिल्यै साथ नछाड्ने ढकाल अहिले आफ्नो चुनावी अभियानलाई पनि अगाडि बढाएका छन्। उनी नपुगेको बाँकेका गाउँबस्ती सायदै कमै होलान्। जनताको सुखदुखमा हातेमालो गर्दै साह्रोगाह्रोमा काँध थाप्न पछि हट्दैनन्। उनी भन्छन्, ‘अरुलाई दुख दिने, हेयभावले हेर्ने र राज्यको ढकुटी रित्याउने कुरा मेरो शब्दकोषमा छैन । म अरुलाई दिन जानेको छु, लिन जानेको छैन ।’ उनी अधिकांश समय जनताकै घरदैलोमा बिताउँछन्। बेलाबेलामा उनी जनताका आवश्यकताका विषयमा बहस र छलफलसमेत चलाउने गरेका छन् ।
‘आफ्नै परिवारको जस्तै माया देश र जनताको पनि लाग्छ, त्यसैले घरमा भन्दा पनि अधिकांश समय देश र जनताको काम गरेर बिताउने गरेको छु,’ उनी भन्छन् । अन्यायका विरुद्ध उनी खुलेरै लाग्छन् । भन्छन्, ‘कसैलाई अन्याय भएको देख्नै सक्दिनँ ।’

अप्ठ्यारोमा पार्टीको खम्बा
जब एमालेबाट माधव नेपालको समूह बाहिरियो, त्यसको असर बाँकेमा पनि देखिनु स्वाभाविकै थियो । त्यही असर कम गर्न उनी रातोदिन नभनी पार्टीका काममा खटिए । पार्टी जोगाउन उनी गाउँगाउँ पुगे । विभिन्न मानिसहरुलाई भेटे, कार्यकर्तालाई एमालेमै राख्न हरसम्भव प्रयास गरे । उनको यो प्रयासले सफलता पायो पनि । त्यसैले त नेपाल नेतृत्व एकीकृत समाजवादी पार्टी जन्मिए पनि बाँकेमा खासै असर गरेन । कुशल योजनाकारसमेत रहेक ढकाललाई यहाँका एमाले नेता कार्यकर्ताहरु एमालेको खम्बाका रुपमा हेर्छन् ।

को हुन् सूर्य ढकाल ?
कोहलपुर–१२, चप्परगौडी स्थायी बसोबास भएका ढकालले जिल्ला, प्रदेशमा मात्रै होइन केन्द्रमा पनि राम्रो छाप छोड्न सफल भएका छन् । उनलाई जनताले सहयोगी, मिजासिलो र नागरिकका समस्या समाधानमा पहल गर्ने युवा नेताका रूपमा चिन्छन् । २०४५ सालबाट निरन्तर राजनीतिमा लागिरहेका ढकालले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । आफ्नो राजनीतिक करिअरमा उनले जेलसम्मको यात्रा पनि व्यहोर्नुपरयो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउँदा उनले निकै संघर्ष गर्नुपरयो ।
कतिपय राजनीतिक मुद्दाका लागि त कतिपय अवस्थामा पार्टीभित्रै पनि संघर्ष गर्नुपरेको अनुभव उनीसँग छ । स्पष्टवक्ताका रूपमा चित्रित उनले आफूले नेतृत्व गरेका सबै कमिटीमा राम्रै काम गरेका छन् । उनको राजनीतिक करिअरकै कुरा गर्दा अनेस्ववियु प्रारम्भिक कमिटीको सदस्य, अध्यक्ष, जिल्ला सदस्य, उपाध्यक्ष, अञ्चल अध्यक्ष, इन्चार्ज र केन्द्रीय सदस्यसम्मको यात्रा गरे ।
त्यससँगै राष्ट्रिय युवा संघको अञ्चल कमिटी सदस्य, अध्यक्ष, केन्द्रीय सदस्य, इन्चार्ज, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय सचिव, उपाध्यक्ष र कार्यवाहक केन्द्रीय अध्यक्षसमेत बन्न सफल भए। पार्टी कमिटीतर्फ उनी गाउँ कमिटी सचिव, जिल्ला सदस्य, क्षेत्रीय कमिटी संयोजक, इन्चार्ज, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सचिवालय सदस्यसम्मको जिम्मेवारी पाए ।

अहिले उनी एमाले केन्द्रीय कमिटी सदस्यका साथै बाँके इन्चार्ज हुन् । मदन भण्डारी फाउन्डेसन जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष र केन्द्रीय कमिटी सदस्य भएर समेत काम गरेका छन् । उनी विभिन्न संघसंस्थामा पनि रहेर काम गरेका छन् । एकीकृत विकासका लागि सामाजिक अभियानको अध्यक्ष, मदन भण्डारी तथा पुष्पलाल केन्द्रीय पुस्तकालयको महासचिव, विभिन्न पत्रपत्रिकामा लेख, आधा दर्जन बढी पुस्तकहरू प्रकाशनसमेत गरेका छन् ।
उनको राजनीतिक इतिहास निकै लामो छ । राजनीतिबाहेक अन्य कुरालाई कहिल्यै प्राथमिकतामा राखेनन् । विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीति युवा संघ र पछिल्लो पटक पार्टीमा पुगेको छ । खारिएको राजनीतिक अनुभव बोकेका उनी परिवेश र परिस्थिति बुझ्ने क्षमता रहेका नेता हुन् । उनी विकास निर्माण र नीति निर्माणका योजना बनाउन निकै क्रियाशील हुन्छन् ।

उनले बौद्धिकता र अध्ययनशीलताले पनि आफ्नो चुनावी क्षेत्रको समस्या र आवश्यकता राम्रोसँग बुझेका छन् । त्यसैले त उनले आफ्नो क्षेत्रमा पर्ने स्थानीय तहको छुट्टाछुट्टै योजना तयार पारेका छन् ।
यी हुन् स्थानीय तह सुहाउँदा ढकालका मुख्य मुख्य योजना
राप्तीसोनारी
अगैया, कचनापुर हुँदै कम्दी जोड्ने सडक र कुसुम–खोकरी सडक निर्माण गर्ने ।
राप्ती नदी, खहरे खोलाले गर्ने कटान, डुवान नियन्त्रणको लागि दीर्घकालीन समाधान हुने गरी कार्य अगाडि बढाउने ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले गर्ने क्षतिपूर्तिको व्यवस्था गर्ने एक घर २५ लाख जीवन बीमा, एक गोठ ८ लाख पशु बीमाको नीति लागू गर्ने ।
शिक्षा, स्वास्थ्य र सडकको स्तरोन्नति गर्दै कृषि आधुकिकीकरण गर्ने ।
एक घर एक रोजगारको नीति लागू गर्दै र श्रमको सम्मान गर्ने संस्कृति सम्मान गर्ने संस्कृतिको विकास गर्ने ।
नरैनापुर
सिक्टाको पूर्वी नहरमा देखिएको बिबादलाई समाधान गरि नरैनापुरका ६ वटै वडामा सिचाईको ब्यबस्था गर्ने ।
कृषिकालागि सिंचाई तथा आधुनिकिकरणको लागि अनुदानमार्फत कृषिजोनको रुपमा विकास गर्ने ।
बिभिन्न खहरे खोलाहरुमा तटबन्ध गरि मानव आवत जावत गर्ने खहरे खोलाहरुमा झोलुंगे पुलको ब्यबस्था गर्ने ।
भुमिहिन तथा सुकुम्वासी पहिचान गरी ग्रामिण विकास अन्र्तगत ब्यवस्थित बसोवास तथा जमिनको लालपुर्जा उपलब्ध गराउने ।
सबै वडामा बिद्युतिकरण गरि शुद्ध खानेपानीको योजना लागु गर्ने ।
डुवानमुक्त वस्ति तथा गरिव आवास कार्यक्रम लागु गरी सुधारीएका नमुना गाउहरुको विकास गर्ने ।
कृषि सडक सञ्जालमार्फत सबै गाउलाई जोडने र हुलाकि राजमार्गलाई स्तरोन्नती गर्ने ।
पिछडिएको क्षेत्राधिकार भित्रबाट मेडिकल साईन्स ईन्जिनियरिगं र कृषि तथा प्राबिधिक बिषयमा प्रति बर्ष छात्रबृत्ति कार्यक्रम सुनिश्चित गर्ने ।
कोहलपुर
कोहलपुरलाई पश्चिम नेपालको आधुनिक समृद्ध ट्रान्जिट शहरको रुपमा विकास गर्ने ।
सञ्चार ग्राम सहितको सञ्चारमैत्रि शहर बनाउने ।
कोहलपुर चप्परगौरी, हात्तिसार हुदै सल्यानको घुइयाबारी जोडने अन्तरजिल्ला सडक निर्माण गर्ने ।
कोहलपुर चौराहदेखि राहिणी खोला सम्मको राजमार्ग स्तरउन्नती गरि ४ लेनको बनाउने ।
कोहलपुर डुडुवा खोला किनारमा तटबन्ध गरी पार्क पिक्निक स्पोट र करिडोरको रुपमा विकास गर्ने ।
नगरपालिका भित्रका सबै कृषि योग्य जमिनमा सिचाइ पुरयाई कोहलपुरलाई मेट्रो सिटीको रुप विकास गर्ने ।
नगरपालिका भित्र रिङ्गरोडको ब्यबस्था गर्ने । मुल्यबृद्धि नियन्त्रण गर्दै गाउमा उत्पादन र शहरमा औधोगिकरणको अबधारणा अघि सारी रोजगारिको सृजना गर्ने ।
कोहलपुरमा सुविधा सम्पन्न कर्भड हल र रंगशालाको निर्माण गर्ने ।














