८ आश्विन २०८१, मंगलवार
तिहारको समापनसँगै निर्वाचनको प्रचार प्रसार थप तिव्र पार्दै एमाले

तिहारका कारण करिब तीन दिन चुनावी कार्यक्रमहरु सुस्त बनेका थिए


  • टाइम्स संवाददाता

  • १० कार्तिक २०७९, बिहीबार १८:१६

काठमाडौं: तिहारको समापनसँगै नेकपा एमालेले चुनाव प्रचारलाई थप तिव्र पार्ने भएको छ । तिहारका कारण केही दिन देखि सुस्त बनेको चुनाव प्रचार भाइटिका लगाएसँगै सुरु भइसकेको छ । कतिपय उम्मेद्वारहरुले तिहारकै बीचमा पनि घरदैलो कार्यक्रम जारी राखेका थिए । अधिकांस उम्मेदवारले तिहारसम्ममा घरदैलो सकेका छन् । तिहारको भोलिपल्ट देखि टोल भेला र स्थानीय तह केन्द्रित भेला गर्ने उनीहरुको तयारी छ ।

निर्वाचन आयोगले कातिक १७ गते देखि ठूला आमसभा गर्न दलहरुलाई खुला गरेकोले त्यस अघि नै आन्तरिक भेटघाट,बैठक र भेलाहरु सक्ने तयारीम छन् दलहरु । मुख्यकुरा चुनावी घोषणा पत्र हालसम्म कुनै पनि दलले सार्वजनिक गरेका छैनन् । कात्तिक १७ अघि नै घोषणा पत्र सबै दलले सार्वजनिक गर्ने तयारी गरेका छन् । नेकपा एमालेले १४ गते घोषणा पत्र सार्वजिनक गर्ने तयारी गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचार प्रसारकै लागि भोली नै गृह जिल्ला झापा जाँदैहुनुहुन्छ । तीनदिनसम्म अध्यक्ष ओली झापामा नै रहने उहाँको सचिवालयले जानकारी दिएको छ ।

यस्तै तिहार मनाउन काठमाडौं आएका विभिन्न दलका नेता तथा उम्मेद्वारहरु पनि आजै काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्रतर्फ फर्कने कार्यक्रम रहेको जनाएका छन् । एमाले पोलिटव्यूरो सदस्य एवं भक्तपुर क्षेत्र नं २ का उम्मेद्वार महेश बस्नेतका अनुसार भोली विहान देखि टोल भेलाहरु सुरु हुनेछन् । तिहारका कारण करिब तीन दिन चुनावी कार्यक्रमहरु सुस्त बनेका थिए । तिहारको समयमा उम्मेदवारहरुले आफूले सार्वजनिक गर्ने प्रतिवद्धता पत्रको आन्तरिक तयारी गरेका छन् । तर केन्द्रीय घोषणा पत्र आएपछि त्यसका आधारमा प्रतिवद्धता सावर्जनिक गर्ने भनेर घोषणा पत्र कुरिरहेको नेताहरुले जनाएका छन् ।

Nabintech