८ आश्विन २०८१, मंगलवार
सांसद विकाश कोषको बजेट खारेज हुनुपर्छ : काफ्ले

राष्ट्र डुब्नबाट बचाउन आफनो उम्मेदवारि रहेको भन्दै परिवर्तन गर्न सकिन्छ र परिवर्तनका लागि तमाम स्वतन्त्रहरुले जित्नैपर्ने


  • प्रमोद रिजाल

  • १३ कार्तिक २०७९, आईतवार १५:४१

कोहलपुर: राट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितीका अध्यक्ष एबं बांके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्दबाबु काफ्लेले सांसद विकास कोषको बजेट खारेज गरिनुपर्ने धारणा ब्यक्त गरेका छन । स्थानिय सरकार हुदाहुदै आफना आसेपासे पोस्ने र निश्चित निर्बाचन केन्द्रित बजेट खर्च गरेर जनता आफनो पक्षमा पार्ने भ्रमपुर्ण यो बजेटले देशको ढुकुटि मात्र सखाप पारेको भन्दै काफ्लेले बजेट नै खारेज हुनुपर्ने आफनो धारणा सार्बजनिक गरेका हुन ।

राट्रिय स्वतन्त्र पार्टी बांके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्दबाबु काफ्ले र पत्रकारबिच आईतवार कोहलपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै काफ्लेले यस्तो बताएका हुन । उन्ले तीन तहका सरकारमा प्रदेश सरकारको औचित्य नभएको भन्दै प्रदेश सरकार सानो र कम खर्चिलो बनाउनुपर्ने बताए । खर्चका हिसाबले नेपालले संघ , प्रदेश र स्थानिय तहको खर्च धान्न नसक्ने भन्दै देशलाई टाट हुन बाट जोगाउन पनि अब नया शक्तिको खाचो भएको औंल्याएका छन ।

राष्ट्र डुब्नबाट बचाउन आफनो उम्मेदवारि रहेको भन्दै परिवर्तन गर्न सकिन्छ र परिवर्तनका लागि तमाम स्वतन्त्रहरुले जित्नैपर्ने भन्दै निति र बिचार विनाको गठबन्धनहरुको औचित्य समाप्त भएको जिकिर गरे । झण्डा फरक तर धन्दा एकै भएका पार्टिहरुबाट अब देशले चाहेको ब्यबस्था कायम गर्न नसकिने भन्दै अस्थिर राजनितिमा खेल्नेहरुको दिन गन्ति शुरु भएको भन्दै भ्रष्टाचारीहरुको समुल अन्त्यका लागि राट्रिय स्वतन्त्र पार्टी देशभरिबाट आफनो अभियान बोकि र्जुमुराई रहेको बताए ।
देशमा तमाम समस्याहरु ज्युका त्यु रहेको प्रति इंगित गर्दै काफ्लेले दैनिक जोहो गर्ने, मजदुर किसान, साना व्यापारीहरुको पक्षमा वकालत गर्दे परिणाममुखि ब्यबस्थाका खातिर समाज परिवर्तन गरि देश बनाउन युवाहरुको पंत्तिलाई मतदान गर्नुपर्ने आजको आबश्यकता रहेको जिकिर गरे ।


पत्रकारहरुको प्रश्नको जवाफ दिंदै काफ्लेले हामी कसैको सर्मथन र बिरोध गर्न संगठित भएका हैनौ , बषौंदेखि जकडिएर रहेको शासन ब्यबस्थाभित्र मौलिएको अस्थिरता, भ्रटाचार र बेतिथीका बिरुद्ध हाम्रो सामुहिक आवाज हो भन्दै हामी निति निर्माणको तहमा पुगेर जनताले देख्ने गरि परिवर्तन गर्न चहान्छौं यो हाम्रो चाहमा तमाम उत्साहित मतदाता हाम्रो साथमा रहनुभएको छ हामी बांके क्षेत्र नं. १ जितेरै छाडनेछौं यो हाम्रो जनताको बोलि बोल्दैछौं काफ्लेले भने ।

Nabintech