८ आश्विन २०८१, मंगलवार
भारतको गुजरातमा झोलुंगे पुल चुँडिदा १४० जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०७९, सोमबार ०९:१७

भारत: भारतको गुजरातस्थित मोरबीमा रहेको मच्छु नदीको झोलुंगे पुल चुँडिदा कम्तीमा १४० जनाको मृत्यु भएको छ।  १४३ वर्ष पुरानो पुल झण्डै ४०० मानिस रहेका वेला आइतबार साँझ बिच भागबाट चुँडिएको हो ।

लामो समय बन्द गरेर केही समयअघि मर्मतपछि सञ्चालनमा ल्याइएको पुल भार धान्न नसकेर चुँडिएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनापछि नदीमा बेपत्ताको खोजी भइरहेको छ। बिदाको दिन भएकाले मानिस पुलमा घुम्न आएको समयमा घटना भएको जनाइएको छ।

मर्मतपछि यो पुल र आसपासको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको थियो। टिकट काटेर पुलमा गएकाहरू घटनामा परेका हुन्। घटनापछि गुजरात सरकारले मृतक, घाइते तथा बेपत्ताका परिवारलाई राहत प्याकेजको घोषणा गरेको छ।  राष्ट्रपति द्रौपती मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

 

Nabintech