८ आश्विन २०८१, मंगलवार
५१ सदस्य राष्ट्रिय युबा संघ नेपाल निर्वाचन परिचालन कमिटी गठन

भ्रष्टाचारको पोल खुल्ने डरले माधब नेपाल र प्रचण्डले आफु बच्न फगतको प्रतिगमन भन्दै गठबन्धनको तुरुप फालेर आफु सेफ ल्याण्डीङ्ग हुन खोजेको आरोप


  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०७९, सोमबार ११:५१

बांके,कोहलपुर: आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको संघारमा नेकपा एमाले निकट राष्ट्रिय युबा संघ नेपालले कोहलपुर नगरपालिका वडा न १३ मा ५१ सदस्य राष्ट्रिय युबा संघ नेपाल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

आज सोमबार कोहलपुर १२ र १३ मा आयोजित चुनाबि भेलाबाट सौगात नेपाली संयोजक तथा राम प्रसाद थारु सह संयोजक रहेको ५१ सदस्य राष्ट्रिय युबा संघ नेपाल निर्वाचन परिचालन कमिटी गठन गरिएको युवा संघका बांके जिल्ला ईन्चार्ज कुस्माखर बस्यालले कोहलपुर टाईम्सलाई जनाएका छन ।

गाउ गाउबाट परिवर्तनका संबाहक युवा परीचालन गर्दै पार्टिलाई बलियो शक्तिको रुपमा खडा गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने उद्धेश्यका साथ आसन्न चुनावमा सुर्यध्वजाबहाक उम्मेदवारहरुलाई बिजयी बनाउन जिल्ला भरि अभियान नै सञ्चालन भई रहेको जिल्ला ईन्चार्ज बस्यालले बताएका छन ।

सो अबसरमा बांके जिल्ला क्षेत्र नं. १ ख का प्रदेश सभाका उम्मेदवार दुर्गा प्रसाद चौधरी, समानुपातिक उम्मेदवार बसन्ति अधिकारीले स्थानियहरुका जिज्ञासा सुन्दै राजनैतिक समाधानबारे आफना भनाईहरु राखेका थिए ।

समद्ध गाउँ र बिकसित शहर बनाउने महान उद्धेश्य बोकेर हामी चुनावि मैदानमा छौं संबृद्ध नेपाल र सुखि नेपाली हाम्रै पालामा ल्याउने हो प्रदेश सभाका उम्मेदवार दुर्गा प्रसाद चौधरीले भने । उन्ले केपि ओलिको सरकार र उन्को काम गर्ने शैलि देखेर आत्तिएका माधव प्रचण्डले गरेको अपबित्र गठबन्धनप्रति इंगित गर्दै भ्रष्टाचारको पोल खुल्ने डरले माधब नेपाल र प्रचण्डले आफु बच्न फगतको प्रतिगमन भन्दै गठबन्धनको तुरुप फालेर आफु सेफ ल्याण्डीङ्ग हुन खोजेको जिकिर गरे । जनताका बास्तबिक समस्या हामी योजनाबद्ध तवरले गर्नेमा प्रतिबद्ध छों भन्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार चौधरीले अबको ५ बर्ष विकास र सुसासनको हुने बताए ।

राष्ट्रिय युबा संघ नेपाल केन्द्रिय स्थायी कमिटि सदस्य खेमराज शर्मा, नेकपा एमाले जिल्ला कमिटि सदस्य राजु तामाङ्ग लगाएत स्थानिय एमाले सर्मथित नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले चुनाव प्रचार प्रसार समितीका संयोजक बलराम भट्टराईले कोहलपुर टाईम्सलाई जानकारि दिए ।

Nabintech