८ आश्विन २०८१, मंगलवार
यि हुन स्वतन्त्र उम्मेदवार अर्जुन जंग शाहका प्रतिबद्धताहरु

गणतन्त्रबादिहरुले पुर्खाहरुले निर्माण गरेको विशाल नेपाललाई ध्वस्त बनाएको आरोप


  • प्रमोद रिजाल

  • १५ कार्तिक २०७९, मंगलवार ०६:१९

बांके,कोहलपुर : सनातन धर्म संस्कृत र परम्पराको रक्षा गरी भ्रष्टाचारको विरुद्ध अगाडि बढने प्रतिबद्धता, शुसासन र जनताको सम्बृद्धिका लागि राष्ट्रिय एकताको आधारलाई बलियो बनाउन संविधानमा सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम हुनुपर्ने धारणा राख्ने अर्जुन जंग शाह एक नेपाली एक नेपालको मालामा सबैजना गासिनुपर्ने धारणा राख्छन ।

०६२/०६३ यता राज्य ब्यबस्था परिवर्तन पश्चात दलिए ब्यबस्थामा राजनैतिक दलहरुले राजनीतिलाई सेवाको माध्यम नबनाएर आयस्रोतको माध्यम बनाएको प्रति आक्रोश ब्यक्त गर्ने शाह हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्रको वकालत गर्दै आएका छन । गणतन्त्रबादिहरुले पुर्खाहरुले निर्माण गरेको विशाल नेपाललाई ध्वस्त बनाएको उनको आरोप छ ।बिचार सिद्धान्तविहिनहरुले गठबन्धन गराएको भन्दै उनले बांके क्षेत्र नं. १ ख प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदारि समेत दिएका छन ।

ठुला ठुला सपना देखाएर आफुले जनता ढाटन नचाहेको बताउदै आफुले गर्न सक्ने कामहरुको फेरिहिस्त मात्र आफनो प्रतिबद्धतामा राखेको दावि गरेका छन । बिजुलिको चिम चुनाव चिन्ह पाएका शाहले गठबन्धन मन नपराउने स्वाभिमानि र राष्ट्रबादिहरुले आफुलाई मतदान गर्नेमा बिश्वस्त छन ।

यि हुन उनका प्रतिबद्धताहरु ? 

युवाहरु र स्वस्थ शरीर चाहनेहरुको लागि फिटनेस पार्क गराउने कुलतमा फसेका तमाम नागरिकहरुका लागि जनचेतना जगाउदै पुर्नस्थापना केन्द्रहरुमार्फत पुर्नस्थापित गर्ने उनको प्रमुख प्रतिबद्धता रहेको छ । सरकारी बिशालयहरुमा प्राविधिक शिक्षाको पठनपाठनको पहल गर्ने देखि कोहलपुर नगरपालिकाका १५ वटै वडा जोडने रिङरोडलाई पुर्णता दिने र बजार क्षेत्रमा उचित ट्राफिक ब्यबस्थापन गर्दै मुख्य चोकहरुमा हाईमास्ट र प्रस्ताबिक आकाशेपुल निर्माण तथा ट्राफिक लाईटको ब्यबस्थापन गर्ने समेत उनका प्रतिबद्धताभित्र अटाउन सकेका छन ।

प्रदेश ख अन्तरगत ढकेरी, शम्शेरगञ्ज लगाएत सम्पुर्ण वडाका चोकहरुमा हाईमास्ट लाईटहरुको ब्यबस्था गर्ने । गौशाला, मठमन्दिर र धार्मिक क्षेत्रहरुको संरक्षण र विकासको लागि पहल गर्ने । स्वास्थ्यका लागि खेलकुद, अनुशासनकालागि खेलकुद र वृद्धि विकासका लागि बहुआयामिक रंगशाला र बिभिन्न स्थानमा खेलमैदानहरुको निर्माण गर्नेेदेखि कोहलपुर ११ मा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदान स्तर उन्नती गरिने र
२०४७ यताका भ्रष्टाचारीहरुको ३ पुस्ते अभिलेख हेरेर उनीहरुको सार्वजनिक बहिष्कार कार्यक्रम ल्याइने उनको प्रतिबद्धताको प्राथमिकतामा परेका छन । स्वास्थ्य प्रणाली जनताको पहुच भन्दा बाहिर भएकाले यस्लाई पहिलो प्राथमिकतामा राखि अत्यावशयक पहल कदमी गर्ने समेत उनले आफनो प्रतिबद्धतामा राखेका छन ।

Nabintech