८ आश्विन २०८१, मंगलवार
समृद्ध नेपाल सुखि नेपालीको अभियान पुरा गर्न अझै बाँकी छ : ढकाल

वडा कार्यालय अपाएक भएका गाउहरुलाई पाएक पर्ने वडामा मर्ज गर्न पहल गरिने


  • प्रमोद रिजाल

  • १५ कार्तिक २०७९, मंगलवार १६:४७

बांके, ढकेरी: आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको तयारिमा नेकपा एमाले तथा राप्रपाका उम्मेदवारहरु जनताको घरदैलोमा विभिन्न अभियान सहित पुगेका छन् । मङ्गलबार नेकपा एमाले एबं राप्रपा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा एबं प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु चुनावी कार्यक्रमका साथ राप्तिसोनारी गाउँपालिका वडा नं. ८ को नयाँ गाउँ र वडा नं. ९को ढकेरीमा पुगि त्यहा आयोजित दुबै पार्टिको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गरे ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य ढकाल र प्रदेश सभा १ ख का उम्मेदवार दुर्गा प्रसाद चौधरीसहित एमालेका केन्द्र, प्रदेश, जिल्ला र नगर स्तरीय नेताहरुको सहभागितामा मंगलबार विहान विहान विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरि दिउँसो विभिन्न टोलमा घरदैलो , जनभेट सहितको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बांके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले जनताको सुख र दुःखमा साथ दिने पार्टी एमालेमात्र भएको बताए ।

उनले बृद्धबृद्धालाई बृद्धा भत्ता र विरामीलाई उपचार गर्न दिनेदेखि रोजगारी सिर्जना लगायतका कार्यक्रमले एमाले नागरिकको सुख र दुःखमा साथ दिने पार्टी स्थापित भएको बताउदै  ”समृद्ध नेपाल सुखि नेपाली”को अभियान पुरा गर्न अझै बाँकी रहेकाले आगामी निर्वाचनमा नेकपा एमालेलाई बिजयी गराउन आग्रह गरे । बाँके जिल्लाको १ नम्बर क्षेत्रलाई समृद्ध बनाउने एजेण्डा नेकपा एमालेसँग मात्र भएको बताउँदै विपक्षिहरुलाई गठवन्धन कसरी टिकाउने भन्ने बाहेक अर्को एजेण्डा नभएको बताएका ढकालले विगत पाँच वर्षको अवधिमा यस क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी लगायतका क्षेत्रमा असाधारण विकास भएको बताउँदै केहि अधुरा कामलाई छिट्टै पुरा गर्ने प्रतिवद्धता जनाए ।

ढकालले राप्तिसोनारीको वडा नं. ८ नयागाउको वडा कार्यालय शम्सेरगञ्ज पेरानिमा रहेको र जनतालाई दैनिक वडास्तरीय कामकाजका निम्ति अपाएक परेकाले सो नयाबस्तिलाई वडा नं. ९ मा गाभ्ने एबं वडा नं. २ को राजपुर गाउका स्थानिय सरकारी कामकाजका लागि खोरिया पुग्नुपर्ने बाध्यतालाई चिर्न उक्त गाउलाई वडा नं. ८ मा सार्ने प्रक्रियाका कुराहरुलाई सम्बोधन गरि आफु अगाडि बढने दृडता समेत ब्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा १ ख का उम्मेदवार दुर्गा प्रसाद चौधरीले विकास निर्माण र समृद्धिको लागि एमालेको बिकल्प नभएको बताउदै  विगत पाँच वर्षमा एमालले प्रदेश र संघीय सरकार पुर्ण कार्यकाल सम्हाल्न नपाउँदापनि नागरिकले अनुभुती गर्नेगरी थुप्रै विकास गरेको बताउँदै सुखि जीवन विताउन र मुलुकलाई समृद्ध बनाउनका लागि फेरीपनि एमालेलाई फराकिलो बहुमतले बिजयी गराउन आग्रह  गरे । । मुलुक बनाउनेलाई जिताउने कि बर्बाद बनाउनेलाई जिताउने भन्ने जिम्मा मतदाताको हातमा रहेको बताउँदै विगतका एमाले सरकारका हरेक कामहरुलाई मसिनोगरी विचार गर्न समेत आग्रह गरे ।

सोहि अबसरमा बोल्दै राप्रपा लुम्बिनी प्रदेश सदस्य तिलक बहादुर शाहिले निति र बिचारलाई थाति राख्दै देश जोगाउन गरिएको राट्रबादि शक्तिहरुको गठबन्धनलाई नि सन्देह मतदान गर्न आग्रह गरे । देश लुटनेहरुले बिभिन्न जाल झेल र तिकडमबाज गरि अझै देश दोहन गर्ने सोचका साथ बांम लोकत्रान्त्रिक गठबन्धन गरेको प्रति इंगित गर्दै लुटने र विकासका बाधक तथा राट्रघातिहरुलाई आम मतदाताले चिन्ने अबसर आएको भन्दै भारतिय कम्फरटेबल सरकार बिस्थापित गरि राष्ट्रिय स्वाधिनताको सरकारका निम्ति पनि राप्रपा एमाले गठबन्धनको विजयी अनिबार्य भएको जिकीर गरे ।

घरदैलो, भेटघाट तथा संयुक्त भेलामा मा एमालेका समानुपातीक उम्मेदवार बसन्ती अधिकारी ,निर्मला सुनार, सुधा चौधरी लम्बिनी प्रदेश सल्लाहकार परिषद उपाध्यक्ष लुट बहादुर रावत, प्रदेश सदस्यहरु रामदाश थारु, नरेन्द्र शर्मा, पारसनाथ थारु, जिल्ला कमिटि सदस्य चन्द्रकला न्यौपाने, खुमा डांगि, लिलमान परीयार, बिश्व खनाल, नेताहरु सुधा चौधरी, नबकिरण शाह, माधव पौडेल  लगायत प्रदेश, जिल्ला र नगरका नेताहरुको सहभागिता रहेको थियो । घरदैलोका अवसरमा राप्तिसोनारीका स्थानिय मतदाताले विगतका वर्षहरुमा एमालेले धेरै राम्रो काम गरेको बताउँदै ती कामहरुको पुर्णताका लागि फेरीपनि बिजयी गराउनेप्रतिवद्धता जनाएका छन् । उनिहरुले बृद्ध भत्ता पाँच हजार बनाउन पनि एमालेले जित्नुपर्ने भन्दै बृद्धाबृद्धाहरु समेत उत्साहित बनेका छन ।

राप्तिसोनारी वडा नं ९ पार्टि कमिटिका अध्यक्ष मान बहादुर दलार्मिको सभापतित्वमा आयोजित कार्यक्रममा राप्तिसोनारी ९ ढकेरीका नेपाली कांग्रेसका क्रियाशिल सदस्य एबं समाजसेवी लाल बहादुर वली नेकपा एमालेकमा समाहित भएका छन ।

Nabintech