८ आश्विन २०८१, मंगलवार
सुबेदीले गरे एमाले प्रबेश

  • टाइम्स संवाददाता

  • १७ कार्तिक २०७९, बिहीबार ०८:४७

कोहलपुर: मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष श्रीधर सुवेदी एमालेमा प्रवेश गरेका छन। बाँकेको कोहलपुरमा आयोजित एमालेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सुवेदी एमालेमा प्रवेश गरेका हुन ।

२०५७ साल बाट पत्रकारीता गर्दै आएका सुवेदी रा.प्र.पा नेपालका पूर्व केन्द्रिय सदस्य समेत हुन । सुवेदीलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा स्वागत गरेका हुन। हाल सुवेदी (एन.एन) मिडिया प्रा.ली का अध्यक्ष तथा न्यूज नमस्तेका प्रधान सम्पादक समेत हुन।

त्यसै गरी नेपाली कांग्रेसका क्रियाशिल सदस्य , नेकपा माओवादी केन्दका संगठित सदस्यतहरुले समेत पार्टी परित्याग गरी एमालेमा प्रवेश भएका छन। उनीहरुलाई समेत महासचिव शंकर पोख्रेलले  पार्टीमा स्वागत गरेका थिए ।

Nabintech