८ आश्विन २०८१, मंगलवार
बैंक तथा वित्तीय संस्थाविरुद्ध माइतीघरमा व्यवसायीको प्रदर्शन

  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०७९, शुक्रबार १३:३५

काठमाडौं : बैंक तथा वित्तिय संस्थाले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरूले माइतीघरमा  प्रदर्शन गरेका छन्। व्यवसायमा मन्दी छाइरहेको समयमा बैंकले ब्याजदर बढाएको उनीहरूको गुनासो छ। बैंक तथा वितिय समस्या समाधानका लागि उद्योग वाणिज्य महासंघ काठमाडौं,भक्तपुर ,ललितपुर काभ्रे ,सिन्धुपाल्चोकका व्यापारिक संघ सस्थाहरूले आज माइतीघरमा प्रदर्शन गरेका हुन्।

कोभिडले थिलोथिलो बनाएको अर्थतन्त्रमा थप रुस–युक्रेन युद्धले पनि नेपालमा असर पारेको छ। यो अवस्थामा बैंकहरूले ब्याज बढाउँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको प्रदर्शनमा सहभागीले बताए। ब्याजदर घटाउनुपर्ने र साँवा–ब्याज तिर्ने समय सार्नुपर्ने माग उनीहरूको रहेको छ। बैंक तथा वित्तिय संस्थाले बढाएको ब्याजदरबारे जिल्ला, क्षेत्रीय तथा अन्य संगठनहरूले देशव्यापी आन्दोलन गर्ने तयारी छ।

Nabintech