८ आश्विन २०८१, मंगलवार
शिक्षा नितिमा सुधार गरि बालिका बिद्यालय अभियान चलाईने :ढकाल

शिक्षामा देखिएका बिभेदकारी नितीलाई सुधार गर्न आफनो प्राथामिकतमा


  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७९, मंगलवार १७:१०

बांके, कोहलपुर: नेकपा एमालेका केन्द्रिय सदस्य, बांके जिल्ला ईन्चार्ज तथा बांके क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले शिक्षा नितिमा सुधार गर्न निति निर्माण तहमा आफुले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन । शिक्षा बिनाको जिवन अन्धकार हुने भएकाले छोरीलाई समेत बिद्यालय पुरयाउन नितिगत निणर्य नै आबश्यक भएकाले छोरी पढाऔ अभियानका लागि राज्य स्तरबाटै ठोस कार्यक्रम सञ्चालनमा ल्याउन अत्याबश्यक भएकाले शिक्षामा देखिएका बिभेदकारी नितीलाई सुधार गर्न आफनो प्राथामिकतमा परेको बताए ।

नरैनापुरमा आज मंगलबार आयोजित एमाले राप्रपा कार्यकताहरुसंगको भेटघाट कार्यक्रममा ढकालले यस्तो बताएका हुन । उन्ले १४, १५ प्रकारका शिक्षक रहेको भन्दै देशको भबिष्य बोकेको यस शिक्षा क्षेत्रलाई राज्यले समान दृष्टिले हेर्नेगरि निति नियम बन्नुपर्ने समेत बताए । उन्ले नरैनापुरमा अझैपनि बालिकाहरुलाई स्कुल पठाउने अबस्था सन्तोषजनक नभएको रसानैमा बिबाह गरिदिने परीपाटि भएकाले उनीहरु शिक्षाको उज्यालोबाट बञ्चित हुने गरेको भन्दै बालिकामैत्रि बिद्यालय बनाई बालिका स्कुल चलो अभियान आजको आबश्यकता भएको बताए ।

एक फरक प्रसंगमा ढकालले अबसर पाएर पनि निति निर्माणमा योगदान दिन नसकेकालाई हैन नया र निति निर्माणमा अक्कल राख्न सक्नेलाई मतदान गरि जिताउन आब्हान समेत गरे । नरैनापुर बदलिएगा भन्दै मटेहियाका बिनय दिक्षितले नाम सुर्य छाप सुर्य मंशिर चारले मागिरहेको बताए ।

Nabintech