८ आश्विन २०८१, मंगलवार
४ वर्षिय बालकलाई जबरजस्ति करणी

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०७९, बिहीबार १४:१०

बाँके :बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ मा १७ बर्षिय युवकले ४ बर्षका बालकलाई जबरजस्ति करणी गरेका छन् । बुधबार बिहान १० बजेतिर कोही घरमा कोही नभएको अवस्थामा ती बालकलाई जबर्जस्ती करणी गरेको पाइएको हो ।

स्रोतका अनुसार ती ४ बर्षिय बालकको मलद्धार र मुखमा जवर्जस्ती करणी गरेको खुल्न आएको छ । १७ बर्षका ती युवकले ४ बर्षिय बालकलाई ललाई फकाई जबर्जस्ती करणी गर्दा उक्त बालक अहिले बिरामी परेका छन् । उक्त घटना पछि बालकको निरन्तर ज्वोरो आएको स्रोतले बताएको छ ।

पीडित बालक र ति युवकको घर संगै जोडिएको छ । घटना थाहा पाउने लगत्तै ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले उक्त युवकलाई पक्राउ गरि थप अनुसन्धानको लागी कोहलपुर पठाएको छ । घटनाबारे जानकारी गराउँदै ईलका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले जवर्जस्ती करणी ऐन अन्तरगत कारवाही हुने जनाए । डिएसपी मल्लल भने ती युवक अपराधिक सोचका समाजका घृणित व्यक्ति हुन, मुद्दा चल्छ, कारवाही हुन्छ ।

Nabintech