८ आश्विन २०८१, मंगलवार
रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०७९, बिहीबार १४:२३

बाँके:कोहलपुरमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १३ स्थित सडकमा बिग्रिएर रोकी राखेको ना.५ ख ३४५९ नम्बरको ट्रकमा भे.९ प ७१३० नम्बरको मोटरसाइकल गएराति ठोक्किएको थियो ।

दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-५ जि गाउँ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ। दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणणमा लिएको छ।

Nabintech