९ मंसिर २०८१, आईतवार
बास्तबिक प्रतिगमनकारी त दहाल देउवा हुन :ओलि

'जोगीले मुसालाई सिंह बनाएपछि त्यो सिंहले जोगीलाई नै खान खोज्यो


  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०७९, आईतवार १५:३६

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिधिनिसभा विघटनको प्रतिरक्षा गरेका छन् । कालिकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सकिन लागेको माओवादीलाई साथ लिएर हिँडे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावको विषयमा गरेको प्रतिबद्धताअनुसार अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालको आलोचना गर्दै अध्यक्ष ओलीले दुवै प्रतिगमनकारी भएको बताए । ‘प्रतिनिधिसभा सधैँ बाँच्ने होइन । अहिले प्रतिनिधिसभा छ र ? यो समय समयमा चुनाव हुने हो‚’ ओलीले भने, ‘आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बास बस्न प्रचण्ड गएका छन् ।’

उनले आफू सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा अल्पमतमा पर्ने जान्दा जान्दै पनि वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउन प्रयास गरेको बताए ।

‘जोगीले मुसालाई सिंह बनाएपछि त्यो सिंहले जोगीलाई नै खान खोज्यो । जोगीले फेरि सिंहलाई मुसा नै बनाइदिए,’ ओलीले भने, ‘सिद्धिन लागेको माओवादीलाई औंलामा लिएर हिँडेको थिएँ ।’ उनले अदालतमा सेटिङ गरेर विकासको काम तीव्र बनाएको आफ्नो सरकारलाई हटाइएको आरोप लगाए ।

Nabintech