कोहलपुर: आज विश्व मधुमेह दिवस । नेपालमा पनि मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान छ । डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण हाम्रो जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालेको छ ।
समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरहरु बताउँछन् । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । मधुमेहबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रुपमा क्रियाशील रहनु हो । मधुमेहका कारण मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने डाक्टरहरु बताउँछन् ।
यसैबिच बिश्व मधुमेह दिवसको अवसरमा आज कोहलपुरमा निशुल्क मधुमेह जाच शिबिर सम्म्पन्न भएको छ।
लायन्स क्लब कोहलपुर , लायन्स क्लब कस्तुरी , लायन्स क्लब सयपत्रि र लायन्स क्लब मानसरोबरको संयुक्त आयोजना र कोहलपुर सिटि हस्पिटल कोहलपुरको सहकार्यमा कार्यक्रम सम्पन्न् भएको हो।
शिबिर बाट १सय ५३ जनाले लाभ लिएको लायन्स क्लब कोहलपुरका अध्यक्ष राजेन्द्र रिजालले बताए।
लायन्स क्लबहरुले कोहलपुर एरियामा बिभिन्न सामाजिक सेवाका कार्य गर्दै आइरहेको लायन्स क्लब सयपत्रिकि अध्यक्ष शान्ति गैरेले बताउनु भयो।