१० मंसिर २०८१, सोमबार
मेरो संकल्प नै मेरो जितको आधार हो :चौधरी

जनताले सुनाएको गुनासो पुराना उम्मेद्वारहरुका लागि हो भन्ने मैले बुझेको छु र नयाँले उम्मेद्वारहरुले कसरी जिम्मेवारी पुरा गर्नु पर्छ भनेर मैले बहन गरेको छु


  • टाइम्स संवाददाता

  • २८ कार्तिक २०७९, सोमबार १९:००

नेपालगन्ज: आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिएको छ । चुनाबी माहोल तातिएसंगै राजनीति दलहरु तथा स्वतन्त्र उम्मेद्वार मत माग्न जनताको घरदैलोमा व्यस्त देखिएका छन् । नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर १ (ख) प्रदेशसभा सदस्य पदका उम्मेद्वार दुर्गा प्रसाद चौधरी चुनाबी अभियानलाई तिब्रता दिंदै घरदैलोमा व्यस्त देखिनुभएको छ । चुनाबी अभियानलाई तिब्रता दिदै जनताको घरदैलोमा पुग्नुभएका प्रदेशसभा सदस्य उम्मेद्वार चौधरी मतदाताले निकै उत्साहित बनाएको बताउनुभयो ।


घरदैलको क्रममा जनताले आफुलाई गुनासो सुनाउदै पुराना जनप्रतिनिधीबाट निरास भएको उहाँले बताउनुभएको छ । जनताले धेरै अपेक्षा लिएर बिजयी बनाएर कुर्सीमा बसाएका नेताको कानमा नै स्थानीय जनताको समस्या नगुञ्जिदा पुराना जनप्रतिनिधीबाट निरास भएको उहाँले बताउनुभएको हो । उहाँले पुराना नेताहरुबाट जनता सन्तुष्ट नभएको बताउर्दै बिगतका दिनमा जितेर गएका जनप्रतिनिधी प्रति चुनाबी माहोलमा मतदाता उत्साहित नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “ जनताले सुनाएको गुनासो पुराना उम्मेद्वारहरुका लागि हो भन्ने मैले बुझेको छु र नयाँले उम्मेद्वारहरुले कसरी जिम्मेवारी पुरा गर्नु पर्छ भनेर मैले बहन गरेको छु । उहाँले जनताको समस्या सुन्दै आफुलाइ एक पटक विश्वास गरेर मतदान गर्न आग्रह गर्नुभयो । म पदमा पुगे भने बदलिने छैन यस क्षेत्रलाई बदल्ने छु भन्ने संकल्पनै मेरो जित्ने आधार हो उहाँले भन्नुभयो । ” आफ्नो क्षेत्रको जनताले  घर  नजिकै चिल्लो सडक, स्वच्छ खानेपानी, बिजुलीको पोल लगायतको बिकासको अपेक्षा गरेको बताउदै आयआर्जन स्रोतसंग जोडेर बिकास गर्नुपर्ने धारणा उहाँको रहेको छ ।

 

Nabintech