बांके, कोहलपुर: कोहलपुर नगरपालिका वडा न २ सुर्खेतरोड स्थित गोर्खा स्कुल चोकमा रहेका अब्यबस्थित १५ घर टहरा तथा पसलहरु आज शुक्रबार कोहलपुर नगरपालिकाको डोजरले भत्काईदिएको छ ।
सिदार्थ युथ स्पोर्ट्स क्लबको अधीनमा रहेका भनिएका केहि पसलहरुको भाडा क्लबका अध्यक्षहरुले मनपरि ढङ्गले भोगचलन गरेको भन्दै स्थानीयहरुले बिरोधको आवाज उठाइरहेकै बेला नगरपालिकाले सो स्थानमा रहेका संरचनाहरु भत्काईदिएको हो ।
शुक्रबार आज बिहान करिब साढे ७ बजेतिर कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्य , वडा न २ का वडा अध्यक्ष हरि कठायत , कोहलपुर नगरप्रहरी प्रमुख वीर बहादुर थापा सहितको टोलिले त्यहा स्थित पसल तथा टहराहरु माथी डोजर चलाएको हो । कोहलपुर २ मा रहेको सिदार्थ युथ स्पोर्ट्स क्लबका अध्यक्षले सार्वजनिक २ बिगाहा जग्गा ब्यक्तीलाई बेचेर हिसाबकिताब सार्वजनिक नगरेको कोहलपुर २ का स्थानीयहरुले आरोप लगाएका छन ।
क्लबका बर्तमान अध्यक्ष प्रेम थापा मगरले ११२ महिनाको पसलको भाडा नदिएको आरोप क्लबका सदस्य समेतले लगाउने गरेका छन । पसल र टहरा हटाउन कोहलपुर नगरपालिकाले १५ दिनको समय दिएपनि पसल टहरा ब्यापारीहरुले नभत्काएपछी शुक्रबार आज नै नगरपालिकाले डोजर लगाएर पसल टहराहरु भत्काएको कोहलपुर नगरपालिकाले जनाएको छ ।