९ मंसिर २०८१, आईतवार
बाँके-२ मा धवलशमशेर विजयी

  • टाइम्स संवाददाता

  • ७ मंसिर २०७९, बुधबार ०७:००

बाँके: राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँके-२ बाट विजयी सुरूआत गरेको छ। राप्रपाका धवलशमशेर राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै बाँके-२ मा जित हात पारेका हुन्।

उनले जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई पराजित गरेका छन्। इश्तियाकले २३ हजार ५ सय २० मत प्राप्त गरेका छन्।राप्रपा र एमालेबीच बाँके–२ मा गठबन्धन भएको थियो भने जसपाका इश्तियाक एक्लै मैदानमा ओर्लिएका हुन्। सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीप नरसिंह राणाले ४४०३ मत प्राप्त गरे।

Nabintech