काठमाडौं: समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत ल्याएको छ ।
हालसम्म ९२ लाख २७ हजार ५४ मत गनिसकिएको छ । सोही समयमा एमालेले २५ लाख १६ हजार ५९२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २३ लाख ८५ हजार १०३ मतसहित दोस्रो स्थान बनाएको छ ।