काठमाडौं: गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।
एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ ।