९ मंसिर २०८१, आईतवार
आज नेपालले स्कटल्याण्डको सामना गर्ने

  • टाइम्स संवाददाता

  • १८ मंसिर २०७९, आईतवार ०९:०५

काठमाडौं: आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज  दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।

यस सिरिजमा दुवै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो ।
यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

 

Nabintech