९ मंसिर २०८१, आईतवार
विश्व कप फुटबल : जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

  • टाइम्स संवाददाता

  • १९ मंसिर २०७९, सोमबार १०:३६

काठमाण्डाै: विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् ।

जापान र क्रोएसियाबीचको खेल अल जानुब स्टेडियममा राति पोनै ९ बजे हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने दाउमा छन् । जापान समूह ‘ई’ बाट  विजेता र  क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

Nabintech