काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा बिहीबार नेपालले चौथो खेल खेल्दैछ। नामिबियामा आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्न लागेको हो। नेपाल र स्कटल्याण्ड बीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।
नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन्। दुईमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नेपाल विजेता बनेको छ।
यो श्रृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागिता रहेको छ। सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैटौँ स्थानमा छ। स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा छ ।